पोखरा ११ कात्तिक।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालबाट कम्युनिष्टहरुलाई परास्त गर्नुपर्ने बताउनु भएको छ ।
पोखरामा आज आयोजित पार्टीप्रवेस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपालका कम्युनिष्टहरुले साम्यवादी दर्शन अनुसार शासन सत्ता कब्जागरी अधिनायकवाद स्थापित गर्न चाहेका आरोप लगाउनु भएको छ ।
बाम एकताले नेपालको लोकतन्त्र र राष्ट्रियता कमजोर पार्ने बताउदै उहाले उनिहरुको योजना बिफल पार्न आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
वाम ध्रविकरणबीच आगामी मंसीरमा हुन गइरहेको निर्वाचन पार्टीको प्रतिष्ठाको बिषय भएको भन्दै प्रधानमन्त्रीले नेपाली जनाताले लोकतन्त्र र प्रजातन्त्रको लडाईमा कांगे्रसलाई विजयी गराएर प्रजातान्त्रिक शासन स्थापना गराउनेमा आफु आशावादी रहेको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले कांग्रेसको विगतको इतिहासको स्मरण गराउँदै २००७ सालमा राणा शासन, २०४६ सालमा पञ्चायत फालेको कांग्रेसले अहिले बनेको अधिनायकवादी कम्युनिष्टको मोर्चालाई पराजित गरी छाड्ने बताउनु भयो ।
‘दुईपटक अधिनायकवाद फालिसकेको कांग्रेसले अहिलेको वाम गठबन्धनलाई परास्त गरेरै छाड्छौं’ उहाले भन्नु भयो ।
यस्तै कार्यक्रमलाई संवोधन गर्दै वरिष्ठ नेता रामचन्द पौडेलले पनि कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न लागेका आरोप लगाउनु भयो ।
पौडेलले आसन्न संघ र प्रदेशको निर्वाचन लोकतन्त्र जोगाउने की अधिनायकवादतर्फ फर्कने बीचको सिद्धान्तको लडाइँ भएको बताउनु भयो ।
संविधानको मौलिक विषयमा प्रश्न उठाउनु देशका लागि अप्रिय भएको भन्दै पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसको विजय हुनु अपरिहार्य भएको बताउनु भयो ।
यस्तै बोल्दै पार्टीका महामन्त्री शशांक कोइरालाले विश्वबाट पलायन भइरहेको कम्युनिजम नेपालमा सम्भव नभएको बताउनु भयो । उहाले समृद्ध नेपालको निर्माण कांग्रेसले मात्र गर्न सक्ने बताउँदै कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो ।
पार्टीप्रवेस कार्यक्रमा राप्रपाका पूर्व सांसद सूर्यबहादुर केसी र अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कासहितका नेता तथा कार्यकर्ता पार्टी समाभपती देउवाले स्वागत गर्नुभएको थियो ।