वाम गठबन्धन दक्षिणपन्थीको गठबन्धन:अशोककुमार राई

वाम गठबन्धन दक्षिणपन्थीको गठबन्धन:अशोककुमार राई

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

 

इलाम, १० कात्तिक । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा (एमाले)र नेकपा(माओवादी केन्द्रले कमाइ गरी खान वाम गठबन्धन बनाएको बताउनुभएको छ ।

सदरमुकाममा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता राईले वाम गठबन्धन दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाउनुभयो । नेता राईले नेपाली काँग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनको समेत औचित्य नरहेको जिकिर गर्दै वाम गठबन्धनबाट त्रसित नहुन काँग्रेससँग आग्रह गर्नुभयो ।
फोरम इलाम नगर समितिको आयोजनामा भएको ‘नेपालको वैचारिक अवधारणा’ विषयको पार्टी प्रशिक्षण कार्यक्रममा नेता राई, उपाध्यक्ष युवाराज कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख सुशीला श्रेष्ठ र केन्द्रीय सदस्य मित्रलाल चापागाईंले प्रशिक्षण दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ