प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य शुरु, यादवद्धारा सानोथिमि पुगेर निरीक्षण

प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य शुरु, यादवद्धारा सानोथिमि पुगेर निरीक्षण

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

भक्तपुर, १० कात्तिक ।
पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य शुरु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज साँझ मतपत्रको छपाइ भइरहेको भक्तपुर सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइसम्बन्धी निरीक्षणपछि गर्नुभयो ।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा यादवले समानुपातिकतर्फको मतपत्र भने छाप्ने कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
उहाँले पहिलो चरणअन्तर्गत ३२ जिल्लामा हुने निर्वाचनका लागि समयमै आवश्यक मतपत्र छाप्ने कार्य सम्पन्न हुने र दोस्रो चरणका लागि कात्तिक १६ गतेको उम्मेदवारी मनोनयनपछि मतपत्र छाप्ने काम शुरु हुने बताउनुभयो ।

उहाँले निर्वाचन तोकिएको मितिमा हुनेमा शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा निर्वाचन गर्नका लागि सम्पूर्ण शक्ति लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको मितिका सम्बन्धमा सरकारको समेत प्रतिबद्धता आइसकेको छ । सरकारको पूर्ण सहयोग छ, त्यसैले निर्वाचन सर्छ कि भन्ने आशंका व्यक्त गर्नु जरुरी छैन ।”

उहाँले सर्वोच्च अदालतबाट अहिलेसम्म निर्वाचनलाई असर गर्ने कुनै आदेश नआएको जानकारी दिँदै अदालतले गर्ने आदेशलाई आयोगले सधैँ उच्च सम्मानका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ