११० सिटमा भयो वाम तालमेलः एमालेलाई ७२ र माओवादीलाई ३३ (सूचीसहित)

११० सिटमा भयो वाम तालमेलः एमालेलाई ७२ र माओवादीलाई ३३ (सूचीसहित)

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

१० कात्तिक, काठमाडौं ।

नेकपा एमाले र माओवादी केन्द्रले आसन्न दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन् ।

आज बसेको एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदल बैठकले ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटेको हो ।

शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार अहिलेसम्मको छलफल अनुसार माओवादी केन्द्रको भागमा ३३ सिट परेको छ भने एमालेले ७२ सिट लिएको छ । चार सिट स्वतन्त्र उम्मेदवारलाई छुट्याइएको छ । बाँकी १८ सिटमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले जानकारी लिए ।

प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि सिट बाँडफाँट भएको छ । स्थानीय चुनावको मत, सम्भावित उम्मेदवारको व्यक्तित्व लगायतका आधारमा सिट बाँडफाँट गरिएको नेताहरुले बताए ।

स्थानीय चुनावमा क्लिन स्वीप गरेको धनकुटासँगै तेह्रथुमको प्रदेश र प्रतिनिधिसभाको सबै सिट एमालेले पाएको छ भने इलाममा माओवादीले प्रदेशसभाको एक सिट लिएको छ ।

सिन्धुलीको प्रदेश र प्रतिनिधिसभा आधा(आधा लिने सहमति भएको छ भने मकवानपुरमा प्रतिनिधिसभाको दुबै सिट एमालेले लिएको छ । प्रदेशमा भने आधा आधा गरिएको छ ।

चितवनमा एमाले र माओवादीले १(१ सिट लिएका छन् । एक सिट टुंगो लागेको छैन । चितवन ३ बाट प्रचण्ड उम्मेदवार बन्दैछन् ।

काभ्रेमा एमालेले प्रतिनिसिभाको एक र प्रदेशको तीन सिट लिएको छ भने माओवादीले दुबै सभाको एक एक सिट पाएको छ ।

काठमाडौंमा एमालेले प्रदेशको १७ र प्रतिनिधिसभाको १७ सिट लिएको छ । माओवादीले दुबै सभाको ३र३ सिट पाएको छ । ललितपुरमा एमालेले प्रतिनिधिसभाको दुई सिट लिँदा माओवादीको भागमा एक सिट परेको छ ।

भक्तपुरको एमालेले प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट लिएको छ भने माओवादीले प्रदेशसभाको एक सिटमा चिक्त बुझाएको छ । प्रदेश र प्रतिनिधिसभाको एक एक सिटबारे निर्णय हुन बाँकी छ ।

तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मीको प्रतिनिधिसभा एमालेको भागमा परेको छ भने अर्घाखाँचीको प्रतिनिधिसभा माओवादीले लिएको छ । कपिलवस्तुमा भने दुई सिट स्वतन्त्रलाई दिइएको छ भने एक सिटबारे टुंगो लागेको छैन । दाङमा एमाले र माओवादीले १(१ सिट लिँदा एक बारे निर्णय हुन सकेको छैन ।

बाँकेका ३ सिटमध्ये एमाले र माओवादीले एक(एक बाँडेका छन् भने एक स्वतन्त्रलाई दिइएको छ । रुपन्देहीमा एमालेले ४ सिट पाएको छ भने माओवादीले एक सिट लिएको छ ।

सल्यानबारे छलफल जारी छ । दैलेखको दुबै, कैलालीको ३ र कञ्चनपुरको २ सिट एमालेले लिएको छ । डडेलधुरामा एक सिट लिएको माओवादीले कैलालीमा २ र कञ्चनपुरमा १ सिट पाएको छ ।

झापामा माओवादीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई सिट पाएको छ । उसले प्रतिनिधिसभामा थप एक सिट दाबी गरिरहेको छ । मोरङमा एमालेले ३ र माओवादीले २ सिट लिने सहमति भएको छ । एक सिटबारे छलफल जारी छ । सुनसरीको ४ निर्वाचन क्षेत्रबाट निर्णय गर्ने अधिकार शीर्षनेताहरुलाई लिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ