रमणीय छादी गुफा ओझेलमा रमणीय छादी गुफा ओझेलमा 

रमणीय छादी गुफा ओझेलमा रमणीय छादी गुफा ओझेलमा 

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

पाल्पा जिल्लाको रामपुर नगरपालिका–१ खटाङ्गस्थित छादी गुफा प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।
स्थानधारी प्रजातिको चरा अध्यारो छादी गुफामा बाँस बस्दा यसक्षेत्र अझ प्राकृतिक हिसाबले रमणीय बन्दै गएको छ । छादीमा भिरालो चट्टानमा रहेको ठूलो गुफाभित्र विभिन्न आकृतिमा रहेका मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गरे पनि त्यसको प्रचारप्रसारमा अझै कोही जुटेका छैनन् ।
चिन्ते सामुदायिक वन क्षेत्रभित्र रहेको गुफामा देवीदेवताको मूर्ति र गुफाको माथिल्लो भागमा चमेरा फैलिएर यसक्षेत्र हेर्न लायकको पर्यटकीय गन्तव्य हो ।
मानिस गुफाभित्र पसेर उज्यालोको सहायताले गुफामा रहेका विभिन्न आकृतिका मूर्ति, चमेरा हेर्न र अर्को झरना भएको द्वारबाट बाहिर निस्कन सकिने गरेको स्थानीय बासिन्दा सूर्य दर्जीले बताउनुभयो ।
ठूलो गुफाको प्रवेशद्वार र बाहिर निस्कनेद्वार फरक÷फरक रहेका छन् । गुफाको माथिल्ला भागबाट पानी झरिरहेको छ । त्यो पानी देवीदेवताको आकृतिमा खसेको स्थानीय बासिन्दा दर्जीको भनाइ छ ।
छादी गुफाको आसपासमा पाँच÷सातवटा गुफा देखिएको स्थानीय बासिन्दा चिरञ्जीवी सिग्देलले बताउनुभयो । साना गुफामा देखिए पनि मानिसभित्र प्रवेश गरी अवलोकन कमै मात्रा गर्दछन् । प्रवेशद्वार सानो हुने र भित्री भाग फैलिएको छैन् । गुफा क्षेत्रमा बढी चिसोपन रहिरहने भएकाले पनि बाह्रै महिना हरियाली देख्न पाइन्छ ।
गुफा क्षेत्र पहिला पानी बग्ने क्षेत्र हो । गुफाको नजिकैबाट अहिले पानी झरना बगेकाले पनि अझै रमणीय बनाउन सहयोग तुल्याएको देखिन्छ । चैत÷वैशाखसमेत शीतल हुनेभएको आन्तरिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना छ ।  स्थानीयतहबाट भौतिक संरचना र प्रचारप्रसार हुन नसक्दा ऐतिहासिक महत्व बोकेको यस क्षेत्र गुमनाम जस्तो बनेको छ ।
भौतिक संरचनाको विकास हुन नसक्दा ऐतिहासिक महत्वले भरिपूर्ण यस क्षेत्र ओझेलमा परेको स्थानीय बासिन्दाको भनाइ छ । चिन्ते सामुदायिक वनमा रहेको छादी गुफा र झरना प्रचारप्रसारको ओझेलमा परेको छ ।
कालीगण्डकी कोरिडोर अन्तर्गत रामपुरस्थित छादीको सडकदेखि दश पन्ध मिनेट पैतल हिँडेपछि गुफा र छहरा रमणीय स्थलमा भेटिन्छ ।
चिन्ते सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण गर्न थालेपछि यस क्षेत्र हराभरा बन्द थालेपछि एकान्तमा रमाउनेको लागि यो क्षेत्र झनै आन्ददायी क्षेत्र बनेको छ । सानो मान्छे हिँड्ने गोरेटो हँुदै छादीमा पुगिन्छ ।
यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकेको अवस्थामा स्थानीय बासिन्दाको रोजगारीका अवसरसमेत सिर्जना हुने तर त्यसका लागि स्थानीय तहबाट भौतिक संरचनाको विकास, प्रचारप्रसार, सडकको व्यवस्था, होटललगायतका संरचनामा ध्यान दिनुपर्ने स्थानीय बासिन्दा दर्जीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी