परिचयपत्र पाउनबाट वञ्चित

परिचयपत्र पाउनबाट वञ्चित

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

नवलपरासी, १० कात्तिक ।
प्रदेश नं ४ र ५ मा विभाजन भएको नवलपरासीमा अपांगता भएका पचास प्रतिशतभन्दा बढी व्यक्ति परिचयपत्र पाउनबाट वन्चित रहेका छन् ।

बर्दघाट सुस्ता पूर्व क्षेत्र र बर्दघाट सुस्ता पश्चिम क्षेत्रमा विभाजन भएको जिल्लामा करिब १२ हजार अपांगता भएका व्यक्ति रहेको तथ्यांक छ । पाँच हजार ५०० जनाले मात्र अपांगता परिचयपत्र पाएका छन् ।

परिचयपत्र बनाउने कार्यालय टाढा हुनु, नागरिकता नहुनुलगायतका समस्याका कारण धेरै व्यक्ति अपांगता परिचयपत्र पाउनबाट वन्चित रहेका महिला तथा बालबालिका कार्यालयका प्रमुख उर्वरा लुर्इंटेलले जानकारी दिनुभयो ।

अपांगता भएका व्यक्तिले संविधानमा व्यवस्थाअनुसारको सेवा सुविधा नपाएको गुनासो गर्दै यसलाई पूर्णरूपले कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा आरक्षित सिट उपलब्ध गराउनुपर्ने, भाडामा सहुलियत दिनुपर्ने, शिक्षक, कर्मचारी कोटामा समावेशीतालगायतका माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ