लोकतान्त्रिक गठबन्धनले जिते मात्रै सिन्धुपाल्चोकको विकास सम्भव : सञ्चार मन्त्री

लोकतान्त्रिक गठबन्धनले जिते मात्रै सिन्धुपाल्चोकको विकास सम्भव : सञ्चार मन्त्री

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, ९ कात्तिक ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बताउनुभएको छ ।

काँग्रेस र राप्रपा प्रजातान्त्रिकले संयुक्त रुपमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माणका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आह्वान गर्नुभयो ।

सिन्धुपाल्चोक जिल्लाबाट लोकतान्त्रिक गठबन्धनले जिते मात्र सो क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोको विकास हुने मन्त्री बस्नेतले बताउनु भयो ।

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएका बस्नेतले सरकारले छिट्टै प्रत्येक विद्यालयमा कम्प्युटर र इन्टरनेटको व्यवस्था गर्ने तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष तथा सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार पशुपतिशम्शेर जबराले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराएको खण्डमा मुलुकमा द्रुतगतिमा विकास हुने दाबी गर्नुभयो ।

सिन्धुपाल्चोक जिल्लाबाट प्रदेश सभाका उम्मेदवारहरू निमा लामा, विष्णु खत्री, विकास तामाङ र राजेन्द्र श्रेष्ठले आगामी मंसिर १० गते हुने निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाबाट आफूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ