उम्मेदवार सिफारिशको विवादले एमालेमा तरङ्ग पैदा , योगदानका आधारमा टिकट वितरण गर्न माग

उम्मेदवार सिफारिशको विवादले एमालेमा तरङ्ग पैदा , योगदानका आधारमा टिकट वितरण गर्न माग

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

भक्तपुर, ९ कात्तिक ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लामो समय पार्टीलाई योगदान पु¥याएका व्यक्तिको मूल्याँकनका आधारमा टिकट वितरण गर्न नेपाली काँग्रेस र एमालेका नेता कार्यकर्ताले माग गरेका छन् ।

उम्मेदवारको टिकटको सिफारिशमा परेका व्यक्ति शीर्षस्थ नेताको घर र पार्टी कार्यालयमा टिकट हात पार्न धौडधुप गर्नेक्रम बढेपछि उनीहरूले योगदानका आधारमा टिकट वितरण गर्न माग गरेका हुन् ।

पार्टीको संगठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिलाई टिकट दिए सहज जित हासिल गर्न सकिने उनीहरुको भनाई छ ।

भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिशमा पर्नुभएका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नगर र क्षेत्रीय कमिटीबाट आएका सिफारिशमा जिल्ला समितिले आकाङ्क्षीको नाम थप गरेर सिफारिश गरे पनि पार्टीले सही व्यक्तिको छनोट र मूल्याँकन गरेर मात्रै टिकट वितरण गर्नुपर्ने बताउनुभयो ।

नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली काँग्रेसका युवानेता विनोद कायस्थले योगदानका आधारमा पार्टीले टिकट वितरण गर्नुपर्ने माग गर्नुभयो ।

नेपाली काँग्रेस र नेकपा ९एमाले०का तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको टिकटको सिफारिशमा परेका व्यक्ति शीर्षस्थ नेताको घर र पार्टी कार्यालयमा टिकट हात पार्न धौडधुप गर्नेक्रम बढेपछि नेताको योगदानका आधारमा टिकट वितरण गर्न माग गरिएको हो ।

सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश नं २ सूर्य्विनायकका उम्मेदवारको सिफारिशमा पर्नुभएका नेपाली काँग्रेसका जिल्ला सचिव उद्धव सिलवालले प्रतिनिधिसभा र प्रदशेसभा दुवैमा हुने टिकट वितरणमा राम्रा, जनतामाझ चिरपरिचित र पार्टीमा योगदान पु¥याएकाले टिकट पाएमा चुनाव जित्न गाह्रो नहुने बताउनुभयो ।

निर्वाचन क्षेत्र नं २ का मध्यपुरथिमिका प्रदेशसभाका लागि उम्मेदवारको सिफारिशमा पर्नुभएका युवानेता सन्तोष भट्टराईले पार्टीले यसपटक नेतृत्व सम्हाल्दै आएका नयाँ पुस्तालाई मौका दिनुपर्ने बताउनुभयो । पटक पटक अवसर पाएकालाई भन्दा पनि अवसर नपाएका युवाको छनोट पार्टीले गर्न सके सहजै चुनाव जित्न सकिने उहाँले प्रतिक्रिया दिनुभयो ।

यता नेकपा ९एमाले०का नेता तथा कार्यकर्ताले पनि टिकट वितरणमा पार्टीले सही व्यक्तिको छनोट गर्नुपर्नेमा जोड दिएका छन् । विशेषगरी एमालेको क्षेत्र नं १ र २ को प्रतिनिधिसभा र चारवटै प्रदेशमा सर्वसम्मतरूपमा उम्मेदवारको सिफारिश गरे पनि प्रदेश नं २ मा भने प्रदेशसभातर्फ भएको उम्मेदवार सिफारिशको विवादले एमालेमा तरङ्ग पैदा गरेको छ ।

गाउँ, नगर र क्षेत्रले सर्वसम्मतरूपमा पार्टीका पुराना नेता शशीजंग थापाको नाम सिफारिश गरेको र जिल्ला कमिटी बैठकमा समेत बहुमतले थापाको नाम सिफारिश गरे पनि पार्टी अध्यक्ष राजेन्द्र राजथलाले थापाको नाम काटेर आफ्नो मात्रै नाम पठाएपछि भएको विवादले एमालेभित्र तरङ्ग पैदा गरेको हो । पार्टी बैठकमा थापा र राजथला दुवैको नाम सिफारिश गरे पनि अध्यक्षले नियम विपरीत नाम काटेपछि थापाले न्यायको माग गर्दै प्रदेश कमिटी र केन्द्रीय तहसम्म निवेदन दिनुभएको छ ।

थापा र राजथलामध्ये कसलाई टिकट दिने भन्ने बारेमा पार्टी अध्यक्ष ओलीसमेत अलमलमा परेको र सही व्यक्तिलाई टिकट नदिए अध्यक्षकै क्षेत्रमा चुनाव जित्न निकै संकट भोग्नुपर्ने भन्दै एमाले नेता तथा कार्यकर्ताले योगदान एवं अवसरबाट वञ्चित भएका र जनताले रुचाएका व्यक्तिलाई टिकट दिनुपर्ने माग राखेका छन् ।

सूर्य्विनायकमा भएको पत्रकारसम्मेलनमा युवानेता महेश बस्नेतले जेजस्तो गरी नाम सिफारिश भए पनि अन्तमा सही व्यक्तिले टिकट पाउने प्रतिक्रिया दिनुभयो । निर्वाचन नजिकिँदै गर्दा चुृनावी चहल पहल बढेको बेलामा नेपाली काँग्रेस र एमालेका नेता तथा कार्यकर्ताले भने जातिगत विषयलाई पनि मिलाएर लैजानुपर्ने माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ