संयुक्त वाम प्रचारप्रसार समिति गठन

संयुक्त वाम प्रचारप्रसार समिति गठन

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

विराटनगर, ९ कात्तिक ।
वाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा संयुक्त भएर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । वाम गठबन्धनमा सहभागी एमाले र माओवादी केन्द्र मोरङको संयुक्त निर्वाचन परिचालन समिति बैठकले संयुक्तरूपमा प्रचारप्रसार गर्ने निर्णय गरेको हो ।

वाम गठबन्धनले नेकपा (एमाले)का जिल्ला अध्यक्ष विनोद ढकालको नेतृत्वमा ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति निर्माण गरेको छ ।

समितिमा माओवादीका जिल्ला इन्चार्ज कुशल लिम्बू, संयोजक गोपी अछामी, सहसंयोजक गणेश उप्रेतीसहित एमालेका नरेश पोखरेल, बाबुराम कार्की, रामलाल शाहलगायत हुनुहुन्छ ।

निर्वाचन परिचालन समितिको बैठकले संयुक्त उक्त समितिको कार्यालयलाई एमाले जिल्ला पार्टी कार्यालय विराटनगरस्थित पाञ्चालीमा स्थापना गरेको छ ।

उक्त समितिले सबै निर्वाचन क्षेत्रदेखि वडा तहसम्म संयुक्त स्वयंसेवक, प्रचार, अनुगमन र सांस्कृतिक समिति निर्माण गर्नेसमेत निर्णय गरेको छ । वाम गठबन्धनले मोरङमा यही कात्तिक १६ हुने उम्मेदवार मनोनयन कार्यक्रमलाई पनि भव्य बनाउने निर्णय समेत गरेको छ ।

मोरङ जिल्लामा संघीय संसद्मा ६ र प्रदेशमा १२ सिट छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ