माओवादी केन्द्रका नेता भन्छन्, ‘पार्टी बिसर्जन र बिघटनको दिशामा उन्मुख’

माओवादी केन्द्रका नेता भन्छन्, ‘पार्टी बिसर्जन र बिघटनको दिशामा उन्मुख’

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

विभिन्‍न पार्टीका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेपनि त्यही भएका नेता-कार्यकर्ताले भने पार्टीका नेताहरु अाफ्नो स्वार्थको लागि गुपउपगुट निर्माणमा ब्यस्ता भएको बताउन थालेका छन् ।

पार्टीका केन्द्रीय सदस्य अारसी न्यौपानेले माओवादी केन्द्र विचार, विधि, मुल्य-मान्यता,अादर्श र मूल्याङ्कनको मापदण्दबाट च्यूत भइसकेको  बताएका छन् । उनले पार्टीभित्र नन्दी भिरङ्गी गुटहरुको उदय भएको बताए । “अहिले हाम्रो पार्टी (माअोवादी केन्द्र) गुट उपगुटहरुको मारमा परी बिसर्जन र बिघटनको दिशामा उन्मुख छ । यहाँ गुटहरुलाइ पार्टीको कुनै चिन्ता छैन चिन्ता छ त केवल अाफ्नो गुटलाइ थप शक्तिशाली कसरी बनाउने, धनको भकारी कसरी भोर्ने, बिदेशीशक्तीको बिश्वासिलो बन्‍ने र गुटका हनुमाहरुलाइ चुनावमा टिकट दिलाउने,पार्टी कब्जा कसरी गर्ने भन्‍ने मात्र” न्यौपानेले भनेका छन् ।

न्यौपानेले सामाजिक संजालमा लेखेका छन्, “पार्टीभित्रका इमान्दार नेता कार्यकर्ताको टीमले वस्तुगत परिस्थितिको ठोस विश्लेसणका साथ खराबीकाविरुद्ध ससक्त भण्डाफोर अभियान चलाइ गुटका नाइकेहरु र उनका पिछलगुहरुको कर्तुकहरुको सार्वजनिक गर्दै नाङ्गेझार पार्न बिलम्ब गर्नु हुँदैन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ