जनताको महत्वाकांक्षाको सम्बोधन गर्न तयार छु : प्रधानमन्त्री

जनताको महत्वाकांक्षाको सम्बोधन गर्न तयार छु : प्रधानमन्त्री

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, ९ कात्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

सरकारी समाचार संस्था राससको भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको नयाँ भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले त्यसका लागी लोकिएकै मितिमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनु भयो ।

सञ्चार माध्यमले विगतका लोकतान्त्रिक एवं प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले राससले सधै निष्पक्ष तथा संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध भूमिकालाई सधँै अवलम्बन गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत राष्ट्रको विकास र एकतामा टेवा पु¥याउने तथा आम जनताको महत्वाकांक्षाको सम्बोधन गर्न आफू सधैँ क्रियाशील रहनेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रजातन्त्रको पुनःस्थापनापछि आमसञ्चार जगत् उद्योगका रुपमा विकसित भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले हाल निजी क्षेत्रबाट पनि समाचार समिति सञ्चालन गर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

प्रम देउवाले सरकारी सञ्चारमाध्यमका रुपमा विसं २०१८ मा स्थापित राष्ट्रिय संवाद समितिबाट राष्ट्रिय समाचार समितिमा परिणत हुँदै निष्पक्ष, आधिकारिक, विश्वसनीय, समाचार संप्रेषण गर्ने समाचार बैंकका रुपमा रासस स्थापित भएको बताउनुभयो ।

प्रजातन्त्र खोसिएको समयमा रासस स्थापित भएर पनि यसले विभिन्न कालखण्डमा सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएको बताउँदै उहाँले लोकतान्त्रिक संस्थाका रुपमा आफ्नो स्थान कायम राख्न राससले गरेको प्रयास सुखद भएको स्मरण गर्नुभयो ।

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले भूकम्पले क्षतिग्रस्त भएको भवन समयमै सम्पन्न गर्नका लागि मन्त्रालयले आवश्यक सबै सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राससले आफूलाई स्वतन्त्र, निष्पक्ष तथा आधिकारिक समाचार समिति र राज्यको समाचार बैंकका रुपमा आफूलाई स्थापित गरेको बताउनुभयो ।

यस्तै महाप्रबन्धक ओपेन्द्र शर्माले रासस सबल र सक्षम भएमा राज्य पनि बलियो हुने हुँदा राज्यले राससमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले रासस नीति, विधि, प्रविधि र व्यावसायिक रुपमा अगाडि बढिरहेको चर्चा गर्दै यसले राज्यभित्रका सबै गतिविधि जनतासमक्ष र जनताका समस्या राज्यसमक्ष पु¥याउँदै सेतुका रुपमा काम गरेको उल्लेख गर्नुभयो ।

शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख परिक्षित कडरियाले रु १२ करोड ५० लाखभन्दा बढी लागतमा अत्याधुनिक भवन निर्माण हुने जानकारी दिँदै भवन निर्माणको कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

विसं २०३१ मा निर्मित रासस केन्द्रीय कार्यालय भवन विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो । पहिलो चरणमा भूकम्पले क्षति पु¥याएका दुई भवनमध्ये पछिल्लो भवन भत्काउने कार्य सम्पन्न भई सोही स्थानमा नयाँ भवन निर्माण शुरु भएको हो । चारतले सो भवनको ब्लक ‘ए’ मा १९ कोठा रहनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ