मंसिरको निर्वाचन सार्ने तयारी ! सर्वोच्च र अायोगबीच गोप्य छलफल

मंसिरको निर्वाचन सार्ने तयारी ! सर्वोच्च र अायोगबीच गोप्य छलफल

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

९ कात्तिक,काठमाडौं । मंसिर १० मा निर्वाचन हुन्छ वा हुँदैन ? भन्‍ने अाशंकाले ठूलो अाकार लिँदैछ । सर्वोच्चको बुधबारको अादेशले यो शंका एकाएक बढाइदिएको हो ।

निर्वाचन अायोगले दुई छुट्टाछुट्टै मतपत्र छान्‍ने समय नभएको बताइरहेको बेला सर्वोच्चले बुधबार फरकफरक मतपत्र छपाईको प्रगति विवरण मागेको छ । राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले अपहेलना सम्बन्धी हालेको मुद्धाको सुनुवाइ गर्दै सर्वोच्चले प्रत्यक्षतर्फको चुनावका लागि संघ र प्रदेशको छुट्टाछुट्टै मतपत्र छपाईको प्रगति विवरण मागेको हो ।

निर्वाचन अायोगले १० (भोलि) गतेबाट मतपत्र छाप्‍न सुरु गर्दैछ । अाज अर्थात ९ गते साँझसम्म समानुपातिक तर्फको मतपत्र छपाई कार्य सकिने अायोगले बताएको छ । सर्वोच्चको अादेशले निर्वाचन अायोगलाई दवाव बढेको र छुट्टाछुट्टै मतपत्र छाप्‍न समय नभएको अवस्थामा कसरी बीचको बाटो निकाल्न सकिन्छ भन्दै दुबै संवैधानिक निकायबीच सुत्रमार्फत छलफल सुरु भएको छ ।

विहीबार विहानबाट सुरु भएको दिनभरसम्म चल्न सक्ने र बेलुका एउटा टुंगो लाग्‍ने स्रोतको दाबी छ । निर्वाचन अायोग र सर्वोच्चले अा-अाफ्ना सुत्रलाई सक्रिय बनाएका छन् । अाफैले भेट्‍दा चुनाव सार्ने षड्‍यन्त्र गरेको अारोप लाग्‍ने भएका कारण दुबै निकायले सुत्र प्रयोग गरेका हुन् । दुबै निकायका सुत्रले बीचको बाटो भन्दै चुनाव केही हप्ता सार्नेबारे कुरा गरिरहेका स्रोतको दाबी छ ।

त्यसैगरी नेपाली काँग्रेसका केही नेताहरुले चुनाव सार्नुपर्छ भन्दै सर्वोच्च र अायोग सुत्रसँग विहीबार विहान भेट गरेको बताइएको छ ।

निर्वाचन अायोगका प्रवक्ता नवराज ढकालले एउटै मतपत्र छाप्‍ने कार्ययोजना रहेको बताउँदै सर्वोच्चको अर्को आदेशबारे आज फेरि छलफल हुने संचारमाध्यममा बताएका छन् ।

आयोगका अनुसार प्रत्यक्षतर्फ झण्डै एक करोड ७५ लाख मतपत्र छाप्नुपर्छ । छुट्टा छुट्टै छाप्ने हो भने यसको दोब्बर चाहिने र यसो हुँदा सम्भव नहुने आयोगको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ