राजनीति र भ्रष्टाचार

राजनीति र भ्रष्टाचार

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

किरण गिरी
यस पटकशुभदिपावलीको विदामा मेरा अनन्यमित्रपत्रकार हरिबहादुर थापाको नेपालमा सदियौंदेखि रहँदै आएको भ्रष्टाचारसँग सम्वन्धित ‘रजगज’ पुस्तकअध्ययनगर्ने मौकामिल्यो । हुन त यो पुस्तकलाई सरसर्ती मैले यसअघि नै पढीसकेको थिएँ । तर, अध्ययनकै रुपमाभने भरखरै पढेँ । पत्रकार थापाले धेरै अगाडीदेखि पत्रकारितासँगसँगै नेपालको जटिल र गम्भिर विषय राजनीतिकभ्रष्टाचारकाबारेमाशसक्त र प्रभावकारी रुपमाकलमचलाउँदै आउनु भएको छ । विगतमाउहाँद्धारा लेखित सबै पुस्तकहरु मैले अध्ययन गरेको छु ।

यसपटकको रजगजमाउहाँले निक्कै नयाँढंग र शैलीबाट नेपालमाहुँदै गरेको र गरिने भ्रष्टाचारको चित्रणगर्नुभएको छ । यसै सेरोफेरोमा नेपालको राजतन्त्रअथवा दरवारले भ्रष्टाचारलाई आधार र हतियार बनाएर आफ्नो राजनीति कसरी अगाडीबढाएको रहेछ त ? यस सम्बन्धमापत्रकार थापाले ‘दरबारीय दाउ’विषयमालामो अध्ययन र विश्लेषणका साथ पस्कनु भएको धारणलाई जस्ताको तस्तै पस्कने प्रयास गरेको छु । यो आजको नेपालमापनित्यतिकै सान्दर्भिक र औचित्यपूर्ण देखिन्छ । र, नयाँ पुस्ताले पनि नेपालको राजतन्त्र र दरबारले केसम्मगर्न बाँकी राखेको रहेनछभन्ने तथ्यथाहापाउन सक्दछ । लेखकपत्रकार थापाले पञ्चायतकालिनभ्रष्टाचारकाकाण्डहरु, भ्रष्टाचारकामुहान, भ्रष्टमन्त्रीहरु, अर्थ लोलुपकर्मचारीतन्त्रलगायतकाविषयमा खरो कलमचलाएर ‘रजगज’लाई भ्रष्टाचारकै रजगजको दस्तावेजको रुपमा प्रस्तुतगर्नु भएको छ । सोहीसिलसिलामा दरबारको दाउविषयमाउहाँले पस्कनु भएको केहीअंश जस्ताको तस्तैः ‘राजनीतिकदलका बरिष्ठ नेताहरुलाई भ्रष्टाचारको अभियोगमाकार्वाहीगर्न उनीहरुको विरुद्धमाअभियोग केके हुन सक्दछन् ?प्रक्रिया के हुन सक्छ?यसबारे विचार गर्नु तत्कालिन राजाज्ञानेन्द्रले अख्तियार प्रमुखआयूक्तलाई भनेकाथिए ।

तपाईहरु गिरीजालाई थुन्नु हुन्छकीहुन्न? २०५९ सालअसोज १८ गते जब राजाज्ञानेन्द्रले सत्ताहातमालिएकाथिए तब दरबारियाहरु अख्तियार दुरुपयोग अनुसन्धानआयोगकाप्रमुखआयूक्त सूर्यनाथउपाध्ययसँगदिनहुँजिज्ञासा राख्थे । माधवकुमार नेपाललाई भ्रष्टाचार अभियोग लगाएर कहिले पक्रनु हुन्छ?जतिहतार दरबारीयले देखाई रहेकाथिए । त्यहीअनुरुपतत्कालअख्तियारले पक्राउनगरेपछिउनीहरु प्रमुखआयूक्तउपध्यायलाई तर्साउँथे । तपाई बारे माथि नराम्रो हुँदैछ अर्थात राजाज्ञानेन्द्र अख्तियारसँग खुसी छैनन । उपाध्ययलाईनियमित रुपमा यसरी त्रास देखाइन्थ्यो । यसरी नियमित रुपमा सोध्नआउने व्यक्तिथिए ‘शरद चन्द्र शाह’ । जो पञ्चायतकालमाभूमिकागतगिरोह सञ्चालनगर्न दरबार संरक्षितशक्तिशालीपात्रमानिन्थ्यो । बहुविवादितपात्रशाह २०४६ सालमाजनआन्दोलनकारीको आक्रोसमा परेकाथिए । पञ्चायतइतर नेता र कार्यकर्ता विरुद्ध खेलकूदकर्मी प्रयोग गरेको भनिआक्रोसितआन्दोलनकारीले डिल्लीबजारस्थितउनको निवास आगो लगाउनुको साथै तोडफोड गरेकाथिए । जसकाकारणबहुदलप्राप्तभएपछि देशभित्र बस्न नसकेर उनीविदेश पलायनभएकाथिए । उनी २०५९ असोज २५ मालोकेन्द्रबहादुर चन्दप्रधानमन्त्रीबनेपछि राज्यमन्त्री सरहको राजनीतिक सल्लाहकारमानियूक्तभएको थियो । जसरीपनिदलिय नेताहरुलाई भ्रष्टरुपमा स्थापित गरी सत्ताहातमालिनवाध्यहुनुपरेको अनुभूति गराउने योजनाथियो दरबारको । कांग्रेस सभापतिगिरीजाप्रसादकोइरालाकार्वाहीको हिटलिष्टमाथिए । राजाज्ञानेन्द्र संसद विगटननहुँदाकै अवस्थामाकोइरालालाई कार्वाहीगर्न चाहान्थे । २०५९ वैशाखमाकोइराला र उनकीछोरी सुजतालाई भ्रष्टाचार अभियोगमाफसाउनतत्कालिनप्रधानमन्त्री शेरबहादुर देउवालाई निर्देशनदिएकाथिए । देउवाप्रधानमन्त्रीथिएभने कांग्रेस विभाजितभइसकेको थिएन ।

चीनभ्रमणमागएकाकोइरालात्यताबाटसिधै पुष्पकमलदाहाल र बाबुरामभट्टराईलाई भेट्न दिल्लीगएपछि दरबारमाहल्लीखल्लीभएको थियो । कोइराला र माओवादीको भेटको गन्धले उसले भ्रष्टाचारको तानावानबुनेको थियो । देउवा सरकारमा सञ्चारमन्त्री रहेकाजयप्रसादप्रकाशगुप्ताको जिकीर थियोः देउवालाई कोइराला र उनकी सुजतालाई भ्रष्टाचारको मुद्दाखडा गरी थुन्नभनेको तर आफूले राजालाई यो अत्यन्तअलोकप्रिय राजनीतिकमुद्दाबन्न सक्ने भएकाले त्यसो गर्न नमानेको देउवाले बताएकाथिए । तर, राजाले त्यो जवाफ राम्रो मानिबक्सेन । डा. शेखर कोइरालाकाअनुसार ज्ञानेन्द्रले हरेक पार्टीमा सबै जसो बरिष्ठ नेताको नामै किटेर उनीहरु भ्रष्टभएको तथ्य प्रस्तुतगर्दथे । उनीहरुबाट देश सञ्चालन संभव छैन भन्ने गर्दथे । राजाले गिरीजा प्रसादकोइरालाको नामनलिई एक जनापाका राजनीतिज्ञले आफूलाई जथाभावीलान्छानलगाईरहेको भन्दै त्यसको बदलालिने संकेत पनिदिए । ज्ञानेन्द्रले गिरीजाबाबुलाई अप्रत्यक्षगाली गरेर भने अरु नेताहरुको नामै लिएतिभ्रष्टभएको तर्कहरु दिइरहे ।  २०५९ असोज १८ मा देउवाअपदस्तभएपछि राजनीतिक नेताहरुलाई जसरीपनिनियन्त्रणगर्ने दरबारको उद्देश्यथियो । त्यतिखेरा माओवादीसँगवार्ता चलिरहेको थियो । दलिय नेताहरु विरुद्धभ्रष्टाचार अभियोग लगाउन सके आफूले सत्ताहातमालिएको पुष्टिहुने र आफ्नो शासनकाललम्विने दाउमा दरबार रहेको थियो ।’यसरी नेपालको एकिकरण, प्रजातान्त्रिकीकरण र आधुनिकीकरणमाकुनै न कुनै महत्वपूर्ण भूमिकामा रहेको राजसंस्थाले भ्रष्टाचारलाई एउटाविरोधीतहलगाउने हतियारको रुपमाप्रयोग गर्न खोजेको देखिन्छ ।

यसो भनेर नेपाली राजनेताहरु दुधले नुहाएकाछन् भन्नखोजिएको हैन । समय, काल, परिस्थितीअनुसार सबै राजनीतिकदलका नेताकार्यकर्ताहरुले कुनै न कुनै रुपमामुलुकको सम्पती दुरुपयोग गरेको पाइन्छ नै । त्यो तथ्यप्रमाणगत रुपमा अनुसन्धान गरेर कानूनी राज्यको सिद्धान्तअनुसार भ्रष्टाचारीलाई कानूनीकठघरामाउभ्याउन राज्यको दायित्वहो । तर, राज्यआफै लागेर भ्रष्टाचारको आरोप खडागर्ने, भ्रष्टाचारी घोषणागर्ने र कार्वाहीगर्ने काममा दरबार आफैं लाग्नखोजेको देखिन्छ । यो एकाइसौं शताब्दीमाजंगली बरबरताको युगलाई विर्साउँने दुस्हास बाहेक केहीहुन सक्दैन । आखिर भएनपनि । पुस्तकका लेखकपत्रकार थापाले विभिन्नविद्याहरुमाजुनकिसिमले स्पष्ट रुपमाकलमचलाउने आँट र हिम्मत देखाउँदै आउनु भएको छ । यसको लागिउहाँलाई एउटा सचेत पाठकएवं राजनीतिक सञ्चारकर्मीको नाताले समेत धन्यवाद र आभार प्रकटगर्दछ । उनको कलमआगामी दिनमाअझबढी शसक्त र प्रभावकारी रुपमा अगाडीबढोस् । मआफूपनिउनको यो अभियानमापूर्णरुपमा साथ र सहयोग दिनतयार छु ।

                                                                           – पत्रकार तथा सह प्रबक्ता राप्रपा (प्रजातान्त्रिक) 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी