काठमाडौं ,कार्तिक ८ ।
मंसिरमा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा उम्मेदवार चयन र सिंटसंख्या बाँडफाँडबारे प्रमुख दलहरु छलफलमा जुटेका छन् ।
आगामि २१ कार्तिकमा हुने दोस्रो चरणको निर्वाचनका लागी उम्मेदवार छान्न आज नेपाली काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको बैठक बस्दै छ ।
हिजो नै बैठक बस्ने भनिएपनि कार्यदलका सदस्य जिल्लामा रहेको भन्दै बैठक आजका लागी सारिएको थियो ।
२ नम्वर प्रदेशमा सिटसंख्या बाँडफाँडमा राजपा र संघीय समाजबादी फोरमसंग सहमति हुन नसकेपछि लोकतान्त्रिक गठवन्धमा चुनावी तालमेल पेचिलो बन्दै गएको छ । कंग्रेसले मधेशलाई मुख्य जनाधार मानेको छ ।
सो क्षेत्रमा संघीय समाजवादी फोरम र राजपाले कंग्रेसले भन्दा बढी सिट दावी गरेपछि सहमतिको सम्भावना टर्दै गएको छ ।
राष्टिय जनता पार्टी राजपाका नेता मनिष कुमार सुमनले आसन्न प्रदेश र प्रतिनीधि सभा निर्वाचनमा राजपा र संघीय समाजवादी मिलेर जाने पूर्व सहमति भएकाले अन्य दलसंग सोही हैसियत अनुसारको सिट खोज्नु स्वभाविक भएको प्रतिक्रिया दिनुभयो ।