नेपाल कम्युनिष्ट पार्टीको बिशााल जनसभा तथा जनप्रदर्शन आज , महासचिव विप्लवले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टीको बिशााल जनसभा तथा जनप्रदर्शन आज , महासचिव विप्लवले सम्बोधन गर्ने

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं , ८ कार्तिक ।

नेपाल कम्युनिस्ट पार्टीले महान अक्टोवर क्रान्तिको सतवार्षिकीका अवसरमा आज काठमाण्डौमा बिशाल जनसभा तथा जनप्रदर्शनको आयोजना गरेको छ ।

महान अक्टोवर क्रान्ति जिन्दावाद , कथित संसदीय निर्वाचन खारेज गरौ , सम्पूर्ण क्रान्तिकारीहरु एक हौँ , भ्रष्टचारीको सम्पति राष्ट्रियकरण गर , शान्ति सम्बृद्धि , स्वाधिनताका लागी बैज्ञानिक समाजवाद जस्ता नाराका साथ आज गर्न लागिएको जनसभा तथा जनप्रदर्शनमा देशभरबाट हजारौ सङख्यामा पार्टीका नेता तथा कार्यकर्ताको सहभागीता रहने छ ।

काठमाण्डौको खुल्ला मञ्चमा दिउँसो १ बजे हुने जनसभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पार्टी प्रवत्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) सहितका शिर्षस्थ नेताहरुले सम्बोधन गर्नुहुनेछ ।

जनसभा सुरु हुनुपूर्व मध्यान्ह १२ बजे उपत्यकाको ६ स्थानबाट एकै साथ पार्टीका शिर्ष नेताहरुको सहभागीतामा र्याली निकालिने प्रवत्ता प्रकाण्डले जानकारी दिनुभयो ।
जसअनुसार बबरमहल , कुपण्डोल ,कालिमाटि , लैनचौर बागबजार , भृकुटिमण्डप र सुन्धाराबाट र्याली निस्कनेछ ।

बबरमहलबाट निश्कने भक्तपुर ,पूर्वी ताम्सालिङ ,जनकपुर र पूर्वी ब्युरोको र्यालीको पोलिटब्युरो सदस्य पदम राई तथा केन्द्रिय सल्लाहकार समितिका सचिव चिबहादुर आले पवनले नेतृत्व गर्नुहुनेछ ।

यस्तै ललितपुर व्युरोको स्थाई समिति सदस्य सन्तोश बुढा (विषम) , केन्द्रिय सदस्य पुरुषोत्तम बिष्ट (उत्तम)र केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नविन बिक सहितका नेताहरुको नेतृत्वमा कुपण्डोलबाट र्यालि निस्कने छ भने पश्चिम ताम्सालिङ र नारायणीको पोलिटब्युरो सदस्यद्धय उमा भुजेल (शिलु) र कृष्ण प्रसाद धमला (गम्भिर) को नेतृत्वमा कालिमाटिबाट र्यालि निस्कने नेकपाले जनाएको छ ।

लुम्बीनि ,धवलागिरि ,गण्डक ,पश्चिम र काठमाण्डौ ब्यरोको लैनचौरबाट निस्कने र्यालीको नेतृत्व स्थाई समिति सदस्य असारे काका , पोलिटब्युरो सदस्य ओम पुन र पोलिटब्युरो सदस्य चन्द्र बहादुर चन्द (विरजङ )ले गर्नुहुनेछ ।

बागबजारबाट जबस मोर्चाको पोलिटब्युरो सदस्य मोहन कार्की (जिवन्त) सहितका जनबर्गिय संगठनका नेताहरुको नेतृत्वमा र्याली निस्कनेछ भने भृकुटिमण्डबाट निस्कने गणतान्त्रिक मञ्को र्यालीको पोलिटब्युरो सदस्य भरत बम र बैकल्पीक केन्द्रिय सदस्य मकर गुरुङको नेतृत्वमा र्याली निस्कनेछ ।

कुपण्डोल र कालिमाटिको जुलुस त्रिपुरेश्वर र सबै ब्युरोको जुलुस सन्धारा पुगेर एकै ठाउमा केन्द्रित भई दुई वटा जुलुस एकैसाथ खुल्लामञ्च प्रवेश गर्ने आयोजकले जनाएको छ ।

सुन्धाराबाट निस्कने जुलुसको नेतृत्व भने पार्टी महासचिव विप्लव र प्रवत्ता प्रकाण्डले गर्नुहुनेछ ।

कार्यक्रममा सहभागी हुन अधिकाशं जिल्लाबाट नेता तथा कार्यकर्ता काठमाण्डौ आईसकेको आयोजकले जनाएके छ । कतिपय जिल्लाबाट भने आत्रउनेक्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ