शिक्षा ऐन (नवौँ शंसोधन) को विरोध ,प्रतिस्पर्धाको हक खोसिएको विद्यार्थी संगठनको आरोप

शिक्षा ऐन (नवौँ शंसोधन) को विरोध ,प्रतिस्पर्धाको हक खोसिएको विद्यार्थी संगठनको आरोप

  • मङ्लबार, कार्तिक ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, ७ कात्तिक ।

दश वटा विद्यार्थी संगठनले स्वच्छ प्रतिस्पर्धा गर्न पाउने नागरिकको हकविपरीत आएको शिक्षा ऐन (नवौँ शंसोधन) को विरोध गरेका छन् ।

अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा आज बसेको ती विद्यार्थी संगठनको संयुक्त बैठकले ६८ लाख विद्यार्थीको दक्ष शिक्षक पाउने अधिकारको हनन भएको र शिक्षक हुन योग्यता पुगेका र प्रतिस्पर्धाका लागि तयारी रहेका आठ लाख विद्यार्थीको भविश्यमाथि खेलबाड भएको निर्णय गरेको छ ।

विद्यार्थी संगठनले विवादित शिक्षा ऐन कार्यान्वयन नगराउन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अगाडि कुनै पनि तहको शिक्षकको पदपूर्तिको व्यवस्था नगर्नसमेत शिक्षा सेवा आयोगलाई आग्रह गरिएको अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले जानकारी दिनुभयो ।

यस्तै जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रकोविरुद्ध अभिव्यक्ति नदिनसमेत विद्यार्थी संगठनले पूर्वराजालाई सचेत गराएका छन् ।

बैठकमा अनेरास्ववियूका महासचिव ऐन महर, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीलगायत विद्यार्थी नेताको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी