देउवा र प्रचण्डबीच भेटवार्ता, माओवादी मन्त्री फिर्ता बोलाउने प्रचण्डको प्रतिबद्धता

देउवा र प्रचण्डबीच भेटवार्ता, माओवादी मन्त्री फिर्ता बोलाउने प्रचण्डको प्रतिबद्धता

  • मङ्लबार, कार्तिक ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौंँ, ७ कात्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीले देउवाले तोकिएको मितिमा नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि आशंका नगर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालका माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु विनाविभागीय भएपछिको अवस्थाको बारेमा समेत कुराकानी भएको थियो ।

अध्यक्ष दाहालले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीले छाडिदिने जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो । “सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन, निर्वाचनको सुनिश्चितता नै प्रमुख प्रश्न हो, हामी त्यसमा प्रतिबद्ध छौँ”–अध्यक्ष दाहालले भन्नुभएको कुरा उद्धृत गर्दै प्रेस संयोजक तिमिल्सिनाले जानकारी दिनुभयो ।

भेटमा निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित बनाएर लैजान सबै पक्ष मिलेर जाने विषयमा समेत छलफल भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ