स्थानीय प्रजातन्त्र बलियो हुँदै जान थालेको छ : प्रधानमन्त्री

स्थानीय प्रजातन्त्र बलियो हुँदै जान थालेको छ : प्रधानमन्त्री

  • मङ्लबार, कार्तिक ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, ७ कात्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको शिष्टाचार भेटमा उहाँले भन्नुभयो “स्थानीय निकायको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो, निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा, सुविधा जनताको घर आँगनमै प्रदान गर्न शुरु गरिसकेका छन्, यसबाट स्थानीय प्रजातन्त्र सुदृढ र बलिलो हुँदै जान थालेको छ ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि जनताको उत्साहजनक सहभागिता हुने विश्वास उहाँले व्यक्त गर्नुभएको उहाँका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले नेपाल सरकारले संविधानको कार्यान्वयन गर्न तीनै तहको निर्वाचनलाई प्राथमिकता दिएको र संविधानको कार्यान्वयबाट मात्र लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको डा भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले स्थानीय निकाय तथा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनले उल्लेख्य महिला नेतृत्वको चयन हुने बताउनुभयो ।
सो अवसरमा राजदूत टेप्लिजले अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहयोगका विविध पक्षमा जानकारी दिनुभएको थियो । एमसिसीमार्फत नेपाललाई अमेरिकी सरकारले सडक पूर्वाधार, विद्युत् प्रसारण लाइन विस्तारलगायत क्षेत्रको विकास र विस्तार गर्न हालै ५० करोड अमेरिकी डलर उपलब्ध गराएको थियो । सो रकम हालसम्मकै उच्च अनुदान रकम हो ।
नेपालले केही वर्षयता हासिल गरेका विकास निर्माण, सुशासन, समावेशिता, बालस्वास्थ्य, खोप, प्राथमिक शिक्षामा पहुँच, प्राकृतिक स्रोत संरक्षणलगायत क्षेत्रमा प्राप्त गरेका महत्वपूर्ण उपलब्धिका कारण सो अनुदान प्राप्त गरेको हो । प्रधानमन्त्री देउवालाई राजदूत टेप्लिजले नेपालले एमसिसी अनुदान प्राप्त गरेकामा बधाई दिँदै खर्च गर्ने प्रक्रियाका बारेमा पनि जानकारी दिनुभएको डा भट्टराईले बताउनुभयोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ