निर्वाचन आयोगले आज उम्मेदवारको नाम सार्वजनिक गर्दै

निर्वाचन आयोगले आज उम्मेदवारको नाम सार्वजनिक गर्दै

  • मङ्लबार, कार्तिक ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, कात्तिक ७ । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुको नामावली आज सार्वजनिक गर्ने भएको छ ।

आयोगले उम्मेदवारी मनोनयन दर्ता गरेकाहरुका विरुद्ध परेका उजुरी छानबिन गरी नामावली सार्वजनिक गर्ने तयारी गरेको हो । आयोगले सोमबार दिनभर सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय दिएको थियो ।

देशभर परेका उजुरीमाथि आज दिउँसो ३ बजेसम्म छानबिन गरी साँझ ५ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधि सभातर्फ ३७ र प्रदेश सभाका लागि ७४ सिटका लागि उम्मेदवारी दर्ता भएको थियो । प्रतिनिधि सभाको ३७ सिटका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेश सभाको ७४ सिटका लागि ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ