सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन

सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन

  • सोमवार, कार्तिक ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

इनरुवा, ६ कात्तिक ।

सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ । जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा २०६५÷६६ मा दर्ता भएका अधिकांश विद्यालय शिक्षक दरबन्दी अभाव रहेको हो ।

अधिकांश विद्यालयमा दरबन्दी अभावमा पठनपाठन हुन छोडेको छ भने केही विद्यालयले छात्रवृत्ति, भौतिक पूर्वाधारको कमिसन, खाजा कार्यक्रम, पाठ्यक्रमलगायतका शीर्षकबाट विद्यालय सञ्चालन गरिरहेका छन् ।

यहाँका विद्यालय विद्यार्थी लक्षित नभएर व्यक्तिगत स्वार्थका लागि खुलेकाले यतिबेला समस्यामा परेको सहायक जिल्ला शिक्षा अधिकारी टेकनाथ रेग्मीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी