बाबुराम भट्टराई भन्छन् , मैले कांग्रेसको जरो उखेलेर फ्याक्नुपर्छ भनेको छैन

बाबुराम भट्टराई भन्छन् , मैले कांग्रेसको जरो उखेलेर फ्याक्नुपर्छ भनेको छैन

  • सोमवार, कार्तिक ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

गोरखा , ६ कार्तिक ।
पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफूले कांग्रेसको जरो उखेलेर फ्याक्नुपर्छ नभनेको स्पष्ट पारेका छन् । गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वार भट्टराईले आज गोरखाका पत्रकासंग कुराकानी गर्दै कांग्रेसलाई जरैदेखि उखालेर फ्याक्नुपर्छ भनेर आफूले नभनेको भन्दै सामाजिक सञ्जालले प्रोपोगण्डा बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘कांग्रेसको जरो उखेलेर फ्याँक्नुपर्छ मैले कहिल्यै भनेको छैन’, ‘सपनामा बर्बराउने त मेरो बानी छैन, सोसल मिडियाले मेरो बेइज्जत गर्न भ्रम छरेका हुन् ।’
उहाँले कम्युनिष्ट र काङ्ग्रेसबीचको पर्खाल भत्काएर पुल बनाउनु पर्ने तर्क गर्नुभयो ।
वाम एकता नभई गठबन्धन मात्र भएको दाबी गर्दै भट्टराईले भन्नुभयो ,सत्ता प्राप्तिका लागि मात्र गठबन्धन गरेको हो । चुनाव सकिएपछि एमाले माओवादी आ–आफ्नो बाटो लाग्ने छन् ।

‘पार्टी एकता गरेर अघि बढ्ने भन्दा पनि एमाले र माओवादीबीच सत्तामा को हाबी हुने भन्नेमै तानातान रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘वामगठबन्धनभित्र एमाले र माओवादीमै लुछाचुडी छ । यही निषेधकै कारणल वाम गठबन्धन धेरै समय टिक्दैन ।’
निषेधकै कारण आफू वामगठबन्धनबाट बाहिरिन बाध्य भएको पनि उहाँले प्रस्ठ पार्नुभयो ।

‘गोरखा २ मेरो जन्मथलो पनि हो, यहीँ राजनीतिक जीवनको ठूलो हिस्सा व्यतित भएको छ । यो क्षेत्रमा चुनाव लड्न खोज्दा मलाई पनि निषेध गरियो’, भट्टराईले भन्नुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ