पूर्वगृहमन्त्री शक्ति बस्नेतविरुद्ध बागी उम्मेदवारी,एमाले र माओवादीवीचको तालमेल धरापमा

पूर्वगृहमन्त्री शक्ति बस्नेतविरुद्ध बागी उम्मेदवारी,एमाले र माओवादीवीचको तालमेल धरापमा

  • सोमवार, कार्तिक ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

६ कात्तिक, काठमाडौं । जाजरकोटमा वामपन्थी गठबन्धनका साझा उम्मेदवार माओवादी नेता शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले वागी उम्मेदवारी दर्ता गराएका छन् ।

तर, राप्रपाको महामन्त्री छाडेर एमालेमा प्रवेश गरेका शाहले यसपटक टिकट पाउने अपेक्षा गरेका थिए । एमालेले माओवादीलाई सघाएपछि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।माओवादी नेता एवं पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेत जाजरकोटमा एमाले-माओवादीका साझा उम्मेदवार हुन् ।

शाह जिल्लामा सामान्य जनाधार भएकै पूर्वपञ्च मानिन्छन् । उनले ०५६ सालमा राप्रपाबाट सांसद जितेका थिए ।

जाजरकोटमा प्रतिनिधिसभा शक्ति बस्नेतलाई छाडेर प्रदेशसभाको दुवै सिट पाएको एमालेले उम्मेदवारी दर्ता गरिसकेपछि प्रदेश (क) माओवादीलाई छाड्ने सहमति भएको छ । यसबाट एमालेभित्र भाँडभैलो मच्चिएको छ ।

एमालेका युवा नेता निरज आचार्यलाई उम्मेवारी फिर्ता लिन निर्देशन गएपछि कार्यकर्ताले विद्रोहको चेतावनी दिएका छन् । प्रदेश (क) मा एमाले र माओवादी दुबै दलका छुट्टै उम्मेदवारी परेको छ । साझा उम्मेदवार गणेश सिंहविरुद्ध एमालेका तर्फबाट आचार्यले बागी उम्मदेवारी दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ