मनोनयन दर्ताकै दिन गोरखामा बाबुराम र नारायणकाजीबीच घोचपेच

मनोनयन दर्ताकै दिन गोरखामा बाबुराम र नारायणकाजीबीच घोचपेच

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

५ कात्तिक, गोरखा । पहिलो चरण अन्तरगत मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ भिड्दैछन् ।

एकै गृहजिल्लाका डा. भट्टराई र श्रेष्ठ दुबैजना वाम आन्दोलनका हस्ती एवं केन्द्रीय राजीनितिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने नेताहरु हुन् । तर, अब निश्चित छ आगामी चुनावमा यी दुईमध्ये एकजना प्रतिनिधिसभामा आउन अयोग्य ठहरिने छन् ।

गोरखा २ मा ‘हेवी वेट’ नेताहरु डा। भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएकाले धेरै मानिसहरुको ध्यान यस निर्वाचन क्षेत्रमा खिचिएको छ ।
दुई नम्बर क्षेत्रअन्तरगत पालुङटारका बाबुराम र जौवारीका नारायणकाजी बीचको बहुप्रतिक्षित भिडन्तलाई दुवै पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

गोरखा(२ मा डा। बाबुराम भट्टराईलाई समर्थन गर्न माओवादी केन्द्रले नमानेपछि बाम गठबन्धनमा बाहिरिएर उनी कांग्रेससँग सहकार्य गरी प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका हुन् । यसबापत क्षेत्र नम्बर १ र चारवटै प्रदेशमा नयाँ शक्तिले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नेछ ।

गोरखा क्षेत्र नम्बर २ भित्र पर्ने स्थानीय तहहरुमा पार्टीहरुले पाएको मतको हिसाव गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच खासै फरक छैन

गोरखाका साविकका २ नम्बर प्रदेश र साविकको ३ नम्बर प्रदेशको आधा क्षेत्र समावेश गरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ तय भएको छ । गोरखाका जिल्लामा कुल १ लाख ८९ हजार ४४८ मतदाता छन् । क्षेत्र नम्बर २ मा ९० हजार ८२६ मतदाता छन् । गोरखा(२ का प्रदेश ‘क’ मा ४३ हजार ५७५ र प्रदेश ‘ख’ मा ४७ हजार २५१ मतदाता छन् ।

पहिलो संविधानसभा निर्वाचनमा डा। भट्टराईले नेकपा माओवादीबाट सबैभन्दा लोकप्रिय मत हासिल गर्दै विजय हासिल गरेका थिए । त्यसयता ०७० को दोस्रो संविधानसभामा क्षेत्र नम्बर १ बाट पनि माओवादीबाटै चुनाव जितेका भट्टराईले अहिले कांग्रेसको समेत साथ पाएका छन् ।

उम्मेदवारी दर्ता गराएपछि नयाँशक्तिका बाबुराम भट्टराई कांग्रेस नेता चिनकाजी श्रेष्ठ लगायतसँग । तस्वीरस् विकास मरहट्ठारअनलाइनखबर

स्थानीय चुनावको मतपरिणाम हेर्दा नयाँ शक्तिको संगठनात्मक भोटले मात्रै एमाले र माओवादी गठबन्धनलाई जित्न कठिन छ । तर, संगठनात्मक भोट कम भए पनि भट्टराई ‘हेवी वेट’ नेता हुन् । र, ग्रामीण क्षेत्रमा उनको क्रेज अझै उस्तै देखिन्छ ।

तथापि थोरै मतदाता रहेको पार्टीका उम्मेदवारका लागि धेरै मतदाता रहेको पार्टीको सबै मत खस्ने सम्भावना कम रहने हुनाले बाबुरामका लागि यो चुनाव चुनौतीपूर्ण हुने देखिन्छ ।

गत स्थानीय चुनावमा सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर ८ र १३ बाट पनि नयाँ शक्तिले सम्मानजनक मत पाएको थियो । यो बाबुरामका लागि केही सकारात्मक संकेत हो । तर, बाम गठबन्धनबाट चुनावमा जाने निर्णय र साता नवित्दै कांग्रेससँगको तालमेलले बाबुरामलाई केही अप्ठेरोमा पारेको भने पक्कै छ ।

तर, यो चुनावमा बाबुरामको व्यक्तित्वले प्रभाव पार्न सक्ने कतिपयको विश्लेषण छ । अर्को थरीको मत के छ भने माओवादी छाडेर नयाँशक्ति खोलेको अनि कहिले वाम त कहिले कांग्रेससँग तालमेल गर्न पुगेका कारण बाबुरामको लोकप्रियता खस्किएको छ ।

विगतमा कांग्रेस र नयाँशक्तिवीच तीतो सम्बन्ध रहेकाले त्यसको असर यो चुनावमा पर्न सक्ने र वामपन्थी एवं कांग्रेसहरुले बाबुरामलाई भोट नदिने दाबी एमाले र माओवादी केन्द्रका नेताहरुको छ । यसका साथै गोरखा जिल्ला वाम जनमत भएको ठाउँ भएकाले वाम गठबन्धनले नै जित्ने दाबी बाबुरामका विपक्षीहरुको छ ।

स्थानीय चुनावको मतलाई आधार मानेर विश्लेषण गर्दा माओवादी केन्द्र एक्लै पनि नेपाली कांग्रेसको हाराहारीमा देखिन्छ । यसमा एमालेको समेत मत थपिँदा नारायणकाजीको पल्ला स्वतः भारी हुने विश्लेषण माओवादीको छ

माओवादीको आधार इलाकाको रुपमा परिचित गोरखा, दुई वर्षअघि बाबुरामले पार्टी छाडेसँगै स्थानीय चुनावमा निक्कै कमजोर देखियो । गोरखाका ११ मध्ये ९ स्थानीय तहमा कांग्रेसले जित्यो ।

सिरानचोक गाउँपालिका जौबारी घर भएका नारायणकाजीले यस क्षेत्र जित्ने मुख्य आधार भनेको सुलीकोट र सिरानचोक गाउँपालिकाको मत हो । सुलीकोटमा स्थानीय तह माओवादीले जितेको छ भने सिरानचोक नारायणकाजीको आफ्नै गृहनगर हो ।

त्यसो त बाबुरामको प्रभाव रहेको भनिएको पालुङटार नगरपालिकामा पनि माओवादीले स्थानीय चुनावमा नयाँ शक्तिले भन्दा ५ सय मत बढी र कांग्रेस भन्दा २ सय मत कम पाएको थियो । तथापि अहिले बाबुराम आफैं चुनाव लड्दाखेरि स्थानीय चुनावको मत हेरफेर हुन सक्छ ।

गोरखा नगरपालिकाका ७ वडामध्ये स्थानीइ चुनावमा २ वटामा एमाले र २ वटामा माओवादीले जितेको छ । वडा नम्बर १० र १४ मा एमाले तथा ११ र १३ मा माओवादीले जितेको छ भने ७ मध्ये ५ वडामा एमाले माओवादीको मत जोड्दा कांग्रेस र नयाँशक्तिको मतभन्दा बढी छ ।

स्थानीय चुनावको मतलाई आधार मानेर विश्लेषण गर्दा माओवादी केन्द्र एक्लै पनि नेपाली कांग्रेसको हाराहारीमा देखिन्छ । यसमा एमालेको समेत मत थपिँदा नारायणकाजीको पल्ला स्वतः भारी हुने विश्लेषण माओवादी निकट नेताहरुको छ ।

यसका साथै नारायणकाजी आफैं पनि गोरखाकै बासिन्दा हुनु, उनले सादगी नेताको छवि बनाउनु र वाम एकतामा महत्वपूर्ण भूमिका खेलेको नेता भएकाले व्यक्तित्वको प्रभावले समेत थप भोट तान्न सक्ने बुझाइ माओवादी कार्यकर्ताहरुको छ ।

दुबै नेताहरुले आइतबार मनोनयन दर्ताका क्रममा एकअर्काप्रति घोचपेच गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ