बझाङमा ७ दलको उम्मेदवारी, एमालेका दुइ उम्मेदवार वागी

बझाङमा ७ दलको उम्मेदवारी, एमालेका दुइ उम्मेदवार वागी

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

टेकेन्द बोहरा /बझाङ ५ कार्तिक। 
पहिलो चरणमा निर्वाचन सम्पन्न हुने यस जिल्लामा ७ दलले प्रतिनिधि सभा र प्रदेश सभाको लागी उम्मेदवारी दर्ता गराएका छन । एमालेबाट टिकट वितरणमा रुष्ट पक्षबाट दुइजनाले बागी उम्मेदवारी दर्ता गराएका छन ।
बाम गठबन्धनको संयुक्त जुलस र नेपाली काङगे्रसको एकल जुलुसले बजार परिक्रमा गरे पछि दुबै दलले उम्मेदवारी दर्ता गरेका थिए । भने साना दल र स्वतन्त्र उम्मेदवारहरुले पनि जुलुस सहित उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमालेको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट २ जनाले बागी उम्मेदवारी दर्ता गराएका छन । एमालेको तर्फबाट गोपालबहादुर खड्काले प्रतिनिधी सभा र शेरबहादुर बोहराले प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को लागी बागी उम्मेदवारी दिएका छन ।
उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रिय कमिटिमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएको प्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंहं लगायतका केही नेता रुष्ट भएका छन । यस्तै अन्तिम अवस्थामा टिकट केन्द्रिय सदस्य भैरब बहादुर सिंहले पाए पछि पूर्वमन्त्रि भानुभक्त जोशी समर्थक कार्यकर्ताहरु पनि रुष्ट भएको बताइन्छ ।
बागी उम्मेदवारी दर्ता गर्दै प्रतिनिधी सभाको लागी बागी उम्मेदवारी दिएका गोपाल खड्काले लोकतान्त्रिक पार्टी भन्ने तर लोकतान्त्रिक अभ्यासको कदर नभएका कारण आफुले बागी उम्मेदवारी दिनु परेको बताए ।
उम्मेदवार सिफारिसका क्रममा नेकपा एमालेको निर्वाचन क्षेत्रिय कमिटिमा भएको निर्वाचनमा प्रदेश सभाको लागी जिल्ला अध्यक्ष दिलबहादुर सिंहले ४७ मत र अजूर्न थापाले २४ मत प्राप्त गरेका थिए । एमालेले कम मत प्राप्त गर्ने थापालाई टिकट दिएको भन्दै अध्यक्ष समर्थक कार्यकर्ताहरु रुष्ट भएका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ