वामपन्थी शक्तिको विजय सुनिश्चित : अध्यक्ष ओली

वामपन्थी शक्तिको विजय सुनिश्चित : अध्यक्ष ओली

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

 

काठमाडौँ, ५ कात्तिक।

नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री तथा पूर्वराज्यमन्त्री मुस्ताक आलम आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

पार्टीका अध्यक्ष केपी ओलीले बालकोटमा उहाँलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित रहेको
बताउनुभयो ।

मुलुकको राष्ट्रियता संरक्षणका लागि एमालेले विगतमा निर्वाह गरेको भूमिकाका कारण अहिले उक्त पार्टीमा विभिन्न दलका नेता तथा कार्यकर्ताको प्रवेशको लहर चलेको विचार उहाँले व्यक्त गर्नुभयो ।

उपाध्यक्ष वामदेव गौतमले पार्टीले लिएका सिद्धान्त र वैचारिक दृष्टिकोणले जनताको स्वाभिमान र राजनीतिक अधिकारलाई सुरक्षित गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानसक्ने बताउनुभयो ।

पूर्वराज्यमन्त्री आलमले मुलुकमा भएका विभिन्न परिवर्तनमा एमालेले लिएको नेतृत्व र राष्ट्रिय अखण्डतामा पार्टीले लिएको प्रष्ट दृष्टिकोणका कारण आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ