३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता जारी

३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता जारी

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, कात्तिक ५ । पहिलो चरण अन्तरगत प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन हुने ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता भईरहेको छ ।

आगामी मंसिर १० गतेका लागि तय निर्वाचनमा प्रतिनिधिसभा तर्फ ३७ र प्रदेश सभा तर्फ ७४ सिटका लागि दलहरुले मनोनयन दर्ता गर्दैछन् ।

उम्मेदवारले प्रस्तावक र समर्थकसहित साँझ ५ बजेसम्म सम्बन्धित जिल्लाको मूख्य निर्वाचन अधिकृतको कार्यालमा मनोनयन दर्ता गराउनु पर्नेछ । निर्वाचन आयोगले आजै साँझ ५ देखि ६ बजेभित्र उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्नेछ ।

भोली उम्मेदवारको बिरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजूरी माथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

यस्तै ८ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ । मतदान भने आगामी मंसिर १० गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ । कांग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गर्दै संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयांशक्तिसँग चुनावी तालमेल गरेको छ भने एमाले र माओवादी केन्द्रले अन्य बाम दलसंग तालमेल गर्दै उम्मेदवारी दिने भएका छन् ।

सवै दलले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको टुंगो लगाईसकेका छन् ।

राष्ट्रिय जनता पार्टी भने तराईका केही स्थानमा संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गर्दै निर्वाचनमा सहभागी हुनेभएको छ ।

लोकतान्त्रिक गठबन्धनसंग सिट बाँडफाँटमा कुरा नमिलेपछि राजपा फोरम नेपालसंग चुनावी तालमेल गर्दै निर्वाचनमा सहभागी हुने भएको हो ।

पहिलो चरणमा पाँचथर, ताप्लेजुङ, ओखलढुंगा, भोजपुर, खोटाङ, संखुवासभा, सोलुखुम्बु, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन हुनेछ ।

बाँकी रहेका ४५ जिल्लामा मंसिर २१ गते तोकिएको निर्वाचनका लागि आगामी कार्तिक १६ गते मनोनयन दर्ता हुनेछ । प्रतिनिधिसभाका लागि ४९ र प्रदेशसभाका लागि समग्रमा ५३ दलले समानुपातिक तर्फ उम्मेदवारको बन्दसूची गत असोज २९ गते नै निर्वाचन आयोगमा बुझाई सकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ