मुक्तिमार्ग माविको कक्षा कोठा भवन पुनःनिर्माण

मुक्तिमार्ग माविको कक्षा कोठा भवन पुनःनिर्माण

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 20.6K
    SHARES

म्याग्दी, ५ कात्तिक । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविको कक्षा कोठा भवन पुनःनिर्माण गरिएको छ ।

रु एक करोड १५ लाखको लागतमा आठ कोठे भवन पुनःनिर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले जानकारी दिनुभयो ।

दुई तले भूकम्प प्रतिरोधात्मक क्षमताको भवन अपांग मैत्रीसमेत छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् । नयाँ र सुविधा सम्पन्न भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ ।

भवन निर्माणका लागि घारका टीकाबहादुर खड्का र उहाँका छोरा देवबहादुर खड्काले रु सोह्र लाख नौ हजार सहयोग गर्नुभएको छ ।

खड्का परिवारले दोस्रो तलामाथि दुई कोठे ट्रस भवन बनाउन थप रु १५ लाख सहयोगको घोषणा गर्नुभएको व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । उहाँहरुले रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराउनुभएको थियो ।

जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो ।

जग्गा खरिदसहित भवन निर्माणका लागि रु एक करोड १५ लाख खर्च भएको अध्यक्ष बरुवालले बताउनुभयो । विद्यालयका पूर्व विद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनको हिमालयन फ्रेन्डसिभ संस्थाले रु १६ लाख ७७ हजार ५५० सहयोग गरेको छ । साविक घार गाविसले रु पाँच लाख, विद्यालयको महायज्ञ कोषबाट रु चार लाख र मोना बेल्जियमबाट रु ७५ हजार सहयोग गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँको वन संरक्षणका लागि पर्खाल लगाउन उपलब्ध गराएको रु ४५ हजार स्थानीय बासिन्दाले श्रमदानबाट निर्माण गरेर रकम विद्यालयलाई सहयोग गरेका थिए । हाल जापानमा रहनुभएका दधीलाल खड्काले रु ५१ हजार र बेल्जियममा रहेका नारायण खड्काले रु ४५ हजार सहयोग गर्नुभएको छ ।

सरकारी निकायको अनुदान पर्याप्त नभएको अवस्थामा स्थानीयस्तरबाट थप आर्थिक स्रोत जुटाइ कक्षा कोठा निर्माण गर्न उदाहरणीय काम भएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी