३२ जिल्लामा कांग्रेसका उम्मेदवार तोकिए : गोरखा क्षेत्र नम्बर २ मा बाबुरामलाई सघाउने , सिन्धुपाल्चोकमा पशुपतिलाई १ सीट (सूचीसहित)

३२ जिल्लामा कांग्रेसका उम्मेदवार तोकिए : गोरखा क्षेत्र नम्बर २ मा बाबुरामलाई सघाउने , सिन्धुपाल्चोकमा पशुपतिलाई १ सीट (सूचीसहित)

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं कार्तिक ४, ।

नेपाली कांगेसले पहिलो चरण अन्तरगत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३२ जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

पछिल्लो साता लगातार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाको ३५ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिएको हो ।

काग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई र गोरखा क्षेत्र नम्बर २ नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई सघाउने निर्णय गरेको छ ।

गोरखा क्षेत्र नम्बर एकमा चिनकाजी श्रेष्ठलाई प्रतिनिधिसभा तर्फ प्रत्यक्ष उम्मेदवार बनाउदै कांग्रेसले २ मा भने भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको हो ।

बामगठबन्धनले गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।

निर्वाचनमा नेता भट्टराईले आफ्नै दलको आँखा चुनाव चिन्ह प्रयोग गर्ने वा रुख नै लिएर सहभागी हुने भन्ने बारे भने निर्णय भईसकेको छैन ।

एमाले र माओवादीले ३२ जिल्लाका सबै सीटहरुमा तालमेल गरेको अवस्थामा कांग्रेसले उनीहरुसँग लगभग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । यद्धपि सिन्धुपाल्चोक २ मा पशुपति समशेरलाई सघाएका कारण सिन्धुपाल्चोक १ मा राप्रपाले कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई भोट हाल्नेछ ।

ती बाहेक अन्य सबै क्षेत्रमा काग्रेस एक्लै चुनावी मैदानमा उत्रने छ ।

नेपाली कांग्रेस एवं प्रजातान्त्रिक गठबन्धनका उम्मेवारहरुको विवरण यस्तो छः

ताप्लेजुङ- केशव दाहाल
पाँचथर- भीष्मराज आङदेम्बे
संखुवासभा-दीपक खड्का

भोजपुर- उमेशजंग रायमाझी
खोटाङ- सरस्वती बजिमय
सोलुखुम्बु- बलबहादुर केसी
ओखलढुंगा- रामहरि खतिवडा
सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा -राप्रपा प्रजातान्त्रिक)
दोलखा-रुद्र खड्का
रामेछाप- कान्छाराम तामाङ
नुवाकोट १ – डा. रामशरण महत
नुवाकोट २- अर्जुननरसिंह केसी
रसुवा- बाँकी
धादिङ १ – विश्व अर्याल
धादिङ २- दिलमान पाखि्रन
लमजुङ- दिलबहादुर घर्ती
मनाङ- टेकबहादुर गुरुङ
मुस्ताङ-
म्याग्दी- खम्वीर गर्बुजा
गोरखा १ – चीनकाजी श्रेष्ठ
गोरखा २- बाबुराम भट्टराई -नयाँशक्ति)
बाग्लुङ १ – चम्पादेवी खड्का
बाग्लुङ २- निरज पुन
रुकुम पूर्व- गोपालजीजङ्ग शाह
रोल्पा- अमरसिंह पुन
जाजरकोट- राजीवविक्रम शाह
कालीकोट भूपेन्द्रजंग शाही
हुम्ला- मंगल शाही
जुम्ला- देवेन्द्र शाही
मुगु- हस्तबहादुर मल्ल
डोल्पा- अंगद बूढा
रुकुम पश्चिम- वीरबहादुर ओली
बझाङ- पृथ्वीबहादुर सिंह
बाजुरा- कबिराज पण्डित
बैतडी- नरबहादुर चन्द
दार्चुला- विक्रम सिंह

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ