उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, कात्तिक ४ । निर्वाचन आयोगले आइतबार (भोलि) हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले उम्मेदवार मनोनयनका लागि ३२ ओटै जिल्लामा उम्मेदवार मनोनयन अनुसूची, फारम, जनशक्तिलगायतका सम्पूर्ण काम पूरा भएको जानकारी दिए ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा आइतबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकिएकाले समयमा नै उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको छ ।

मनोनयन दर्ताका लागि शनिबार नै आयोगका कर्मचारी सम्बन्धित कार्यालयमा पुगिसकेको पनि प्रवक्ता ढकालले जानकारी दिए ।

यसैबीच, निर्वाचन आयोगले राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गरेपछि उम्मेदवारको हकमासमेत निर्वाचन आचारसंहिता लागू भइसकेको जनाउँदै निर्वाचनलाई सफल बनाउनका लागि निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ