पहिलो चरणमा हुने ३२ जिल्लाको निर्वाचनका लागि प्रत्यक्षतर्फ भोलि उम्मेदवारी दर्ता

पहिलो चरणमा हुने ३२ जिल्लाको निर्वाचनका लागि प्रत्यक्षतर्फ भोलि उम्मेदवारी दर्ता

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, कात्तिक ४ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा कात्तिक ५ अर्थात् भोलि उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।

हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा आगामी मंसिर १० गते निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्न एक दिनमात्रै बाँकी छँदा पनि केही दलले अझै उम्मेद्वार टुंगो लगाइसकेका छैनन् । मूख्य तीन दलमध्ये वाम गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना उम्मेदवार टुंगो लगाइसकेका छन् भने नेपाली कांग्रेसले अझै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

कांग्रेसले टाढा टाढा जिल्लाका उम्मेदवार टुंग्याए पनि राजधानीनजिकका जिल्लाहरुमा अझै टुंग्याउन सकेको छैन ।

संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाका लागि मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन गरिनेछ । त्यस्तै सात प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि पनि सोही दिन निर्वाचन हुनेछ ।

नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कूल ७५३ स्थानीय तहको निर्वाचन यसअघि सम्पन्न भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ