दुई मतपत्र बनाउन कठिन छः डा यादव

दुई मतपत्र बनाउन कठिन छः डा यादव

  • शुक्रबार, कार्तिक ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, ३ कातिक।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताउनुभएको छ ।

निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले छलफल गरिरहेको छ, राजनीतिक दलहरूकै सल्लाह र सुझावका आधारमा आयोगले मतपत्र तयार गरेको हो । दुई वटा मतपत्र छाप्ने÷नछाप्ने भन्ने विषय समितिले दिने सुझावका आधारमा हुनेछ ।”

“समय कम छ, छोटो अवधिमा छाप्न कठिन छ, विषय एक अर्काेसँग जोडिएको छ, त्यसैले मतपत्र छापेर मात्र हुँदैन, दुर्इ वटा मतपत्र छाप्नलाई आवश्यक पर्ने कागज र मेसिनको व्यवस्थापन, छपाइपछि गर्नुपर्ने बाइण्डिङ र ढुवानी तथा मतदान केन्द्रको क्षमता आदिलाई पनि ध्यान आवश्यक छ ।”

सर्वाेच्च अदालतले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ बाँकी नै देखिँदा प्रतिनिधिसभा र प्रदेशसभाको अलग अलग ऐन रहेका अवस्थामा दुवै सभा सदस्यको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्णय भएकामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग्गै छाप्ने सम्बन्धमा निर्वाचन आयेगले गम्भीरतापूर्वक विचार गर्ने नै छ भनी फैसला सुनाएको थियो ।

यसैबीच आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उम्मेदवारी दर्ताका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको बताउँदै डा यादवले भन्नुभयो, “राजनीतिक दलहरूबाट अब मतदातालाई जागरण गर्ने कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ