साहित्यकार विकलको ९०औँ जन्मजयन्ती,आरुबारीमा बाल प्रतिभा पुरस्कार वितरण

साहित्यकार विकलको ९०औँ जन्मजयन्ती,आरुबारीमा बाल प्रतिभा पुरस्कार वितरण

  • शुक्रबार, कार्तिक ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

 

काठमाडौँ, ३ कात्तिक । 

साहित्यकार रमेश विकलको ९० औँ जन्मजयन्तीका अवसरमा उहाँको प्रतिमास्थल आरुबारीमा बाल प्रतिभा पुरस्कार वितरण गरिएको छ ।

विसं १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौँको आरुबारीमा उहाँको जन्म भएको थियो । भाइटीकामा कार्यक्रम गर्न असहज हुने भएकाले आज अघिल्लो दिन नै तिथिअनुसार उहाँको सम्झना गरियो ।

साहित्यकार विकलको ९०औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्थलगत कविता लेखन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई सम्मानपत्रसहित पुरस्कार वितरण गरियो ।

प्रतियोगितामा इष्टपोल माध्यमिक विद्यालयका छात्र रोहन सिम्खडा प्रथम, टाइमलाइन माध्यमिक विद्यालयका श्लेष्मा आचार्य द्वितीय, एभरग्रिन माविका नवीनसिंह धामी तृतीय, हाइली क्रियटिभ माविकी रुसा गिरी र भेनस पब्लिक स्कुल बेँसीगाउँकी निसा साह सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

पहिलो हुनेलाई नगद रु तीन हजार र रु एक हजार ५०० को पुस्तक, दोस्रो हुनेलाई रु दुई हजार नगद र रु एक हजारको पुस्तक, तेस्रो हुनेलाई रु एक हजार नगद र रु ६०० को पुस्तक, शान्त्वना हुने दुवैलाई रु ५०० नगद र रु ५०० को पुस्तक वितरण गरिएको अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले राससलाई जानकारी दिनुभयो ।

समाजले स्थापना गरेको विकल बाल प्रतिभा पुरस्कार कोषको रकमले प्रत्येक वर्ष स्थलगत कविता लेखन प्रतियोगिता आयोजना गरी पुरस्कृत गर्ने गरिएको सो अवसरमा जानकारी गराइयो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सम्मान पत्र र पुरस्कार वितरण गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख चालिसेले विकलले नेपाली साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिष्ठानको उपाध्यक्षसमेत रहनुभएका कलाकार के के कर्माचार्यले विकल साहित्यकार मात्र नभई सिद्धहस्त चित्रकार पनि हुनुहुन्थ्यो भन्नुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, समाजका अध्यक्ष वेदमणि घिमिरेलगायतले साहित्यकार विकलको व्यक्तित्व एवं कृतित्वका विविध पक्षमाथि चर्चा गर्नुभयो ।

प्रगतिवादी धाराका साहित्यकार विकलको ‘अविरल बग्दछ इन्द्रावती’, ‘सात सूर्य एक फन्को’ ‘निलगिरि’ लगायत कृति चर्चित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी