काठमाडौँ, ३ कात्तिक ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनपछि नेपाली राजनीतिले नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्नुभएको छ ।
नयाँ वर्ष ११३८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले चुनावले नेपाली राजनीतिलाई स्थिरता तर्फ लगेर देशमा आर्थिक र विकासका एजेण्डालाई स्थापित गर्न सहयोगी हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन आफ्नो पाटी निरन्तर लागिरहेको पनि बताउनु भयो ।
नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व भएको भन्दै उहाँले नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हुनुको प्रमाण नेपाल संवत् पनि भएको धारणा राख्नुभयो ।
नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको भएकोमा पनि अध्यक्ष्ँ ओलीको जोड छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline