१ करोड मतपत्रको छपाई सकियो : आयोग

१ करोड मतपत्रको छपाई सकियो : आयोग

  • शुक्रबार, कार्तिक ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, कात्तिक ३। 

निर्वाचन आयोगले आउँदो मंसिर १० र २१ गते हुने चुनावको लागि एक करोडभन्दा धेरै मतपत्र छापिसकिएको जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले ७ वटा मेसिनबाट ३ सत्रमा दैनिक ८ लाख सम्म मतपत्र छापिरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो शुक्रबारसम्ममा केन्द्रले प्रदेश र प्रतिनिधिसभा चुनावको लागि आवश्यक झण्डै १ करोड ७० लाख मतपत्र छाप्ने आयोगको योजना छ ।

१ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाताका लागि मतपत्र छपाईको काम भैरहेको हो । यस्तै आयोगले चुनावको वातावरण बनाउन आग्रह गर्दै सबै दलसँग दैनिकजसो छलफल गरिरहेको जनाएको छ ।

समानुपातिकतर्फ बन्दसूची बुझाएका दललाई संविधानले तोके अनुसार विभिन्न समुहको प्रतिशतको विषय, क्रममा राख्ने, ५० प्रतिशत महिला अनिवार्य, १० प्रतिशत न्यूनतम उमेद्वारी दिने लगायतका विषय सच्च्याउन पनि आयोगले आउँदो १२ गतेसम्मको समय दिएको छ । यस्तै मतदाता शिक्षा लगायतका काम पनि भैरहेको आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ