राष्ट्रपति र उपराष्ट्रपतिद्वारा नेपाल संवत् ११३८ काे शुभकामना

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा नेपाल संवत् ११३८ काे शुभकामना

  • शुक्रबार, कार्तिक ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, ३ कात्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल संवत् ११३८ को अवसरमा आज शुभकामना दिँदै उहाँले सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान दिने विश्वस व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले शुभ दिपावली–२०७४ एवं नेपाल संवत् ११३८ को अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको शुभकामना सन्देशमा यस पर्वको माध्यामबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगलिक विविधताले भरिपूर्ण नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी रहेको उल्लेख गर्दै सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गर्नुभएको छ ।

विभिन्न कालखण्डका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र पछिल्लो पटकको ऐतिहासिक जनआन्दोलनको उपलब्धीलाई संस्थागत गरेको नयाँ संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताउँदै उहाँले सन्देशमा भनिएको छ—“शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्व नेपालीहरु मनाइरहँदा संघीय सभा र प्रादेशिक सभाका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भई देश निर्वाचन उत्सवमा प्रवेश गरेको छ ।” उपराष्ट्रपति पुनले शुभ दिपावली र नेपाल संवत् जस्ता पावन पर्वहरुले सबै प्रकारका चुनौतीहरुको सामना गर्दै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा घोषित निर्वाचनहरु उत्सवको रुपमा सम्पन्न गर्न सरकार, राजनीतिक दललगायत सबै पक्षलाई प्रेरणा दिने विश्वास लिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ