एमाले माओवादीबीच अझै मिलेन भागवण्डा, वाम गठबन्धनलाई क्षेत्र बाँडफाँटमा सकस

एमाले माओवादीबीच अझै मिलेन भागवण्डा, वाम गठबन्धनलाई क्षेत्र बाँडफाँटमा सकस

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, कात्तिक २ । एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न ४ दिनमात्र बाँकी रहे पनि क्षेत्र बाँडफाँट टुङ्गो लगाउन सकेको छैन ।

क्षेत्र बाँडफाँटमा जटिलता देखिएका स्थानमा उम्मेदवार टुङ्गो लगाउने जिम्मा शीर्ष नेतालाई नै दिने कार्यदलको तयारी छ ।
एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले बाँडफाँट छिटो टुङ्ग्याउन कार्यदललाई निर्देशन दिए पनि कार्यदल सफल हुन सकेको छैन ।

प्रदेश नम्बर १ र ७ को क्षेत्र बाँडफाँट करिब टुङ्गोमा पुगे पनि औपचारिक सहमति भने हुन सकेको छैन । कार्यदलले क्षेत्र बाँडफाँट टुङ्गो लगाउन नसकेपछि आज एमाले र माओवादीको छुट्टाछुट्टै बैठक बसेको थियो ।

ढिलोमा भोली शुक्रबार साँझसम्म आफ्नो पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाउने तयारी भईरहेको एमालेले जनाएको छ ।

एमाले र माओवादी केन्द्रबीच ६० र ४० प्रतिशतका दरले उम्मेदवार बाँडफाँट गर्ने सहमति छ । माओवादी केन्द्रलाई प्रतिनिधि सभातर्फ ४० प्रतिशतको हिसाबले ६६ सिट हुने भए पनि अन्य नेतालाई पनि समावेश गर्नुपर्ने हुँदा उक्त संख्या घट्ने छ ।

एमालेले पनि सोही अनुपातमा घटाउने छ । प्रतिनिधिसभामा माओवादी केन्द्रलाई कम्तीमा ५५ सिट सुनिश्चित गर्ने एमालेको तयारी छ ।

प्रदेशसभातर्फ कुल ३३० मा प्रतिशतका हिसाबले एमालेलाई १९८ र माओवादी केन्द्रलाई १३२ सिट छुट्याउनु पर्ने हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ