काग्रेसले शीर्ष नेताहरुको उम्मेदवारी टुंगो लाग्यो

काग्रेसले शीर्ष नेताहरुको उम्मेदवारी टुंगो लाग्यो

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

काठमाडौं, कात्तिक २ । नेपाली काग्रेसले मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका शिर्ष नेताहरुको उम्मेदवारी टुङगो लगाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा डडेल्धुरा, रामचन्द्र पौडेल तनहुँ १, बिमलेन्द्र निधि धनुषा ३, प्रकाशमान सिंह काठमाडौं १ र डा. प्रकाशशारण महतलाई काठमाडौं ५ मा उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसैगरी स्याङ्जा–१ मा गोपालमान श्रेष्ठ, मोरङबाट डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजालल, अमृत अर्याल र महेश आचार्य उम्मेदवार बन्ने तय भएको छ । सुनसरीबाट विजयकुमार गच्छादार, ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार बन्ने लगभग पक्का भएको छ ।

यस्त्ै नुवाकोट १ मा डा. रामशरण महत, २ मा अर्जुननरसिंह केसी, धादिङ २ मा दिलमान पाख्रिन, ओखलढुंगामा रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ