निर्वाचनको संघारमा फुट्यो काग्रेस , भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) गठन

निर्वाचनको संघारमा फुट्यो काग्रेस , भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) गठन

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

 

काठमाडौँ, २ कात्तिक ।

नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको छ ।

नवगठित पार्टीको उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीद्वय हरिशंकर मिश्र र सुशीलमान शेरचन, महामन्त्रीमा पुष्प पराजुली र प्रवक्ता देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ ।
पार्टीका सभापति भट्टराईले नेपाली काँग्रेस बिपीको समाजवादको चिन्तन तथा विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित भएकाले आफूहरुले बिपी विचारलाई स्थापित गर्न नयाँ पार्टी गठन गरेको बताउनुभयो ।

‘काँग्रेसले बिपीको विचारलाई लात हानेर जुनसुकै शक्तिसँग पनि सम्झौता गर्ने चरित्र देखाएको छ ।’ उहाँले भन्नुभयो ।
पार्टीका सदस्यमा दीनबन्धु अर्याल, ब्रह्मनारायण चौधरी, लोपसांङ लामा, कल्पित पराजुली, लोकराज भट्ट, माधवप्रसाद लामिछाने, रामविलास शाह, यज्ञराज भट्ट, महेश्वरी न्यौपाने, नरेन्द्र विष्ट, चक्रदेव जोशी, ऋषभ सापकोटा, गोपालनारायण भट्टचन, सरोज लामा, रामभक्त भट्टराई, लक्ष्मी सुनार, झपेन्द्र आचार्य, पूर्णबहादुर विक, राजेशकुमार शाही, विकास तामाङ हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ