निर्धारित मितिमा नै चुनाव सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

निर्धारित मितिमा नै चुनाव सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव निर्धारित मितिमा नै सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले तोकिएकै मितिमा चुनाव गर्न आयोगलाई आवश्यक पर्ने सबैखाले सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो ।

निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्न आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग चुनावको काममा खट्न आयोग पदाधिकारीलाई सुझाव दिनुभयो ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव एकैपटक दुई चरणमा सम्पन्न गर्न कार्यतालिका अनुरुप नै काम गरिरहेको जानकारी दिनुभयो ।

भेटमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा सहभागी हुनुहुन्थ्यो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ