पैसावालको टिकट खोस्न अनशन

पैसावालको टिकट खोस्न अनशन

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं: पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ। पैसावाल र पहुँच भएकाहरूलाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झासहित केन्द्रीय नेता पार्टी मुख्यालय बबरमहलमा अनशन बसेका छन्।

महासचिव झाको नेतृत्वमा नेताहरू बुधबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन्। अनशन बस्नेमा केन्द्रीय सदस्य बीपी यादव, दीपक कुरमा झा, दीपेन्द्र अग्रवाल, नागेन्द्र झा, युवा संगठनका अध्यक्ष रोशनसिंह राणा, महासचिव गायत्री कुरमा, उपाध्यक्ष मुकेश कर्ण, पेशल ढकाललगायत छन्।

आफ्ना ‘गोजी’का व्यक्ति, पैसा बुझाउने अनि सामाजिक क्षेत्रमा बदनाम भएकाहरूलाई समानुपातिक र प्रत्यक्ष दुवैतर्फको टिकट वितरण गरेको उनीहरूको आरोप छ। उनीहरूले स्वेच्छाचारी ढंगले पार्टी नेतृत्वले वितरण गरेको टिकटको निर्णय सच्याउनुपर्ने माग गरेका छन्।

अध्यक्षमण्डलले ‘गुन्डा नाइके’ राजु गोर्खालीसहित पैसावाल र बदनाम व्यक्तिहरूको नाम समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको असन्तुष्ट पक्षको गुनासो छ।महासचिव झाले मधेस आन्दोलनको मर्म र भावनाविपरीत समानुपातिक उम्मेदवारको सूचीमा पैसाको चलखेलका आधारमा अधिकांश नाम चयन गरेको आरोप लगाए।

समानुपातिकतर्फ बन्दसूचीमा पार्टीको योगदानमा आधारित नेता तथा कार्यकर्ता हुनुपर्ने, पैसावालको नाम तत्काल बन्दसूचीबाट हटाउनुपर्ने, उम्मेदवार छनोट केन्द्रीय निर्वाचन समितिमार्फत हुनुपर्ने, पार्टीका सबै निर्णय केन्द्रीय संयोजन समितिमार्फत आउनुपर्नेलगायत माग उनीहरूले गरेका छन्।-अन्नपूर्णबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ