कूटनीतिक नियोगका राजदूत तथा प्रतिनिधिहरूलाई निर्वाचनको तयारीबारे जानकारी

कूटनीतिक नियोगका राजदूत तथा प्रतिनिधिहरूलाई निर्वाचनको तयारीबारे जानकारी

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, १ कातिक ।

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका सम्बन्धमा काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र अन्तर्राष्ट्रिय सहयोग नियोगका प्रतिनिधिलाई जानकारी गराएको छ ।

निर्वाचन आयोगमा आज भएको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको तयारीकाबारेमा उहाँहरुलाई जानकारी गराउँदै मंसिरमा हुने निर्वाचनलाई यस अगाडिको स्थानीय तहको निर्वाचनमा जस्तै मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय जगत्बाट आवश्यक सहयोग तथा सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचनको तयारीका लागि आयोग अहोरात्र खटिरहेको र तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र अन्य सहभागीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन छोटो समयमा सफल गराएको भनी आयोगको प्रशंसा गर्नुभएको थियो ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिले निर्वाचन पर्यवेक्षण गर्ने विषय र बदर मतपत्रको संख्या घटाउने र आयोगबाट गरिएको तयारीसम्बन्धमा कूटनीतिज्ञले राख्नुभएका विभिन्न जिज्ञासाको प्रमुख निर्वाचन आयुक्त डा यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा युएनडिपी, जाइकालगायत सहयोग नियोगका प्रतिनिधिको समेत उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ