नेपाल र जोर्डनवीच आज श्रम सम्झौता

नेपाल र जोर्डनवीच आज श्रम सम्झौता

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौं कार्तिक १, ।
नेपाल र जोर्डनवीच आज श्रम सम्झौता भएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीले जोर्डनमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

गार्मेन्टको क्षेत्रमा जोर्डनमा नेपाली महिला कामदारको माग उच्च छ । जोर्डनसँग नेपालले श्रम सम्झौता गर्ने लामो समयदेखि तयारी गरेको थियो ।

श्रम मन्त्रालयले जोर्डनसँगको श्रम सम्झौताले नेपाली कामदारको कानुनी आधार निकै बलियो हुनुका साथै कामदारका लागि नयाँ गन्तव्य खुलेको जनाएको छ ।

श्रम सम्झौतामा कार्यघण्टा, बिमा, अधिकार, आपूर्ति प्रक्रियालगायत विषय रहेका छन् । जोर्डनमा झन्डै पाँच हजार नेपाली कार्यरत छन् । जोर्डन मामिला इजिप्टस्थित नेपाली दूतावासले हेर्ने गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ