चौंरीपालेर दुई वटा विद्यालय सञ्चालन 

चौंरीपालेर दुई वटा विद्यालय सञ्चालन 

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

म्याग्दी, १ कात्तिक ।सरकारी दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न कठिन भएपछि म्याग्दीका दुईवटा विद्यालयले संयुक्तरूपमा लगानी गरी चांैरीपालेर त्यसबाट हुने आम्दानीे शिक्षकलाई तलब खुवाउने र भौतिक तथा शैक्षिक पूर्वधारमा खर्च गर्ने गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको पाउद्वार मावि र वडा नं–८ को हिमाञ्चल मावि नागीले चौंरीपालन गरी त्यसको आम्दानीले विद्यालय सञ्चालन गर्दै आएको हो । खयरबराह क्षेत्रमा चौंरीपालन गरी चौंरीको आलो रगत र मासु बिक्रीबाट वार्षिक हुने आम्दानीले निजी स्रोतका शिक्षकको तलब भत्ता, विद्यालयको भौतिक पूर्वाधार मर्मत, शैक्षिक साम्रगी खरिदका साथै विद्यार्थीको शैक्षिक क्षमता विकाससम्बन्धी विभिन्न गतिविधिमा खर्च गर्दै आइरहेको हिमाञ्चल मावि नागीका प्रअ रमन पुनले बताउनुभयो ।   दुबै विद्यालयले विद्यालयको आन्तरिक आम्दानीलाई दिगो बनाउन करिब एक दशक अगाडिदेखि चौंरीपालन गर्दै आइरहेको पाउद्वार माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद तिलिजाले बताउनुभयो । अहिले  १६८ वटा चौंरी रहेका र ती चौंरीबाट वार्षिक रु १० लाख आम्दानी हुने गरेको तिलिजाको भनाइ छ ।
साउन र फागुन महिनामा चौंरीको आलो रगत पिउने र मासु बिक्रीबाट हुने आम्दानीलाई खर्च कटाएर दुईवटा विद्यालयले आम्दानी बाँडफाँड गर्ने गरिएको छ । दुईजना कर्मचारीलाई प्रतिव्यक्ति रु १२ हजार तलब, लत्ता कपडा, जंगली जनावरको आक्रमणबाट जोगिने औजारका साथै खाद्य साम्रगीलगायतका सुविधा उपलब्ध गराउने गरेको संयुक्त चौंरीपालक कृषक समूहले जनाएको छ । मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली क्षेत्रमा चौंरीपालन सम्भव देखिएपछि दुबै विद्यालयले आफ्नो लगानीमा चौंरी भित्र्याएका थिए । “दुबै विद्यालयका प्रतिनिधि आवश्यकताअनुसार चरन क्षेत्रमै पुगेर चौंरीको हेरचाह गर्ने गरेका छौंँ” हिमाञ्चल माविका प्रधानाध्यापक रमन पुनले भन्नुभयो । उहाँका अनुसार चौंरीबाट भएको आम्दानीले निजी स्रोतका दुई÷दुईजना शिक्षकलाई तलब भत्ता दिनुका साथै शैक्षिक गतिविधिमा राहत मिलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी