महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइन्छ : मन्त्री गिरी

महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइन्छ : मन्त्री गिरी

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

 

काठमाडौँ, १ कात्तिक ।

नवनियुक्त शहरी विकासमन्त्री दिलनाथ गिरीले मन्त्रालयले सञ्चालन गरिरहेका महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभएको छ ।

आज पदबहाली गर्दै उहाँले सरकारको समयअवधि छोटो रहेकाले नयाँ नीतिगत निर्णयभन्दा पनि राष्ट्रियस्तरमा महत्वपूर्ण आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाइने बताउनु भएको हो ।

कर्मचारीलाई कार्यसम्पादन गर्न असजिलो भएका केही नीति नियम भए तिनलाई संशोधन गरिने बताउँदै उहाँले कानूनसंगत काम गर्ने कर्मचारीको संरक्षण गरिनेमा जोड दिनुभयो ।

नवनियुक्त राज्यमन्त्री कुन्तीकुमारी शाहीले जनता र मन्त्रालयबीच रहेका समस्या समाधान गर्न कानूनले तोकेका कार्यक्षेत्रलाई जिम्मेवारीपूर्वक पालना गरी छोटो समयमा पनि राम्रा उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

सचिव दीपेन्द्रनाथ शर्माले मन्त्रालयको क्षेत्राधिकार तथा कार्यबारे जानकारी गराउँदै पूर्वाधार तथा विकास निर्माणमा भइरहेका कामकाबारे जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ