प्रमुख दलहरु उम्मेद्वार छनौटमा व्यस्त

प्रमुख दलहरु उम्मेद्वार छनौटमा व्यस्त

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, १ कार्तीक ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने दिन नजिकिंदै गर्दा प्रमुख दलहरु उम्मेद्वार छनौटमा व्यस्त भएका छन् ।

नेपाली कंग्रेस, एमाले, माओवादी केन्द्र सहितका दलहरु उम्मेद्वारको नामावली तय गर्न व्यस्त छन्। नेपाली कांग्रेसको केन्द्रीय संसदीय समिति उम्मेद्वार छनौट गर्ने कोसिसमा जुटिरहेको छ । तिहार अघि नै उम्मेद्वारको नामावली तय गरिसक्ने कांग्रेसले जनाएको छ ।

यस्तै एमालेको पनि उम्मेद्वारको नामावली तय गर्न स्थायी समिति बैठक जारी छ । एमालेले मंगलबारदेखि स्थाईसमितिको बैठकमा उम्मेदवार छनौटको बारेमा बृहत छलफल गरिरहेको छ ।  काठमाडौंको जोरपाटीस्थित गोकर्ण रिसोर्टमा जारी स्थायी समिति बैठकमा निर्वाचन विशेष रणनीति बनाउने र पार्टीको घोषणा पत्र निर्माणको विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिनुभयो ।

बैठकमा वाम गठवन्धनबीचको चुनावी तालमेल, माओवादी केन्द्रसँग सिट संख्या बाँडफाँड लगायतका विषयमा पनि छलफल भइरहेको एमालेले जनाएको छ ।

उता नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेद्वारको नामावली तय भइसकेको जनाएको छ । एमालेले उम्मेद्वारको नामावली तय गरेपछि गठवन्धनको कार्यदल स्तरमा छलफल गरी सिट बाँडफाँट गर्ने तयारी भइरहेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

आज बेलुकासम्ममा गठवन्धनको कार्यदलले सिट संख्या बाँडफाँटको विषय टुङ्ग्याउने भुषालले बताउनुभयो । अन्य साना दल पनि उम्मेद्वार छनौटमा लागेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशको प्रत्य तर्फको उम्मेद्वारी दर्ता गर्ने समय आगामी कात्तिक ५ गते तोकेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ