काठमाडौं ,३१ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सबै मन्त्रीको जिम्मेवारी खोसेर राष्ट्रि प्रजातन्त्र पार्टिका मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ ।
उहाँले आज (मंगलबार) साँझ सत्तासाझेदार माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरुलाई ‘बिनाविभागीय’ बनाउनु भएके हो ।माओवादी केन्द्रबाट सरकारमा सामेल सबै मन्त्री र राज्यमन्त्रीहरुको जिम्मेवारी खोसिएको छ ।
आजै बिहान प्रधानमन्त्री देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा देउवाले जिम्मेवारी खोस्ने चेतावनी दिनुभएको थियो ।
प्रधानमन्त्री देउवाले हालै सरकारमा सहभागी भएका राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित ऊर्जा मन्त्रालयको जिम्मेदवारी दिनुभएके छ । थापाले उपप्रधानसहित बिनाविभागीयमन्त्रीकोरुपमा शपथ लिनुभएको थियो ।
यसअघि, उर्जामन्त्रीमा माओवादीका महेन्द्रबहादुर शाही हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवाले राप्रपाबाट सरकारमा सहभागी सबै मन्त्री र राज्यमन्त्रीहरुलाई मन्त्रालय तोक्नुभएके छ ।
यसअघि, शान्ति तथा पुनःनिर्माण मन्त्रालयमात्र आफूसँग राख्नुभएका प्रधानमन्त्री देउवाले सोसहित माओवादी केन्द्रका मन्त्रीहरुले सम्हाल्दै आएका मुख्य दुई गृह र परराष्ट्र मन्त्रालय पनि अहिले आफूसँगै राख्नुभएको छ ।
राप्रपा प्रजातान्त्रिकबाट यसअघि विज्ञान तथा प्रविधिमन्त्री रहेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि, स्वास्थ्यमन्त्री माओवादीका गिरिराजमणि पोखरेल हुनुहुन्थ्यो ।
माओवादीबाट उपप्रधानमन्त्री बन्नुभएका कृष्णबहादुर महराको उपप्रधानमन्त्रीको हैसियत भने यथावत् छ । मन्त्रीहरुको रोलक्रम पनि परिवर्तन गरिएको छैन ।
देउवा र प्रचण्डको छलफल पछि माओवादीका मन्त्रीहरु सरकारबाट बाहिरिने तयारी गरेपनि निर्वाचन आयोगबाट देउवाले चुनाव सार्ने योजना बनाएको सूचना पाएको भन्दै माओवादीका सबै मन्त्रीको राजीनामा रोकिएको थियो।


