वाम गठबन्धन र एकताबाट आत्तिएर कांग्रेसले झुटो प्रचार गर्‍यो : अध्यक्ष ओली

वाम गठबन्धन र एकताबाट आत्तिएर कांग्रेसले झुटो प्रचार गर्‍यो : अध्यक्ष ओली

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

काठमाडाँै, ३१ असोज ।

 नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।

युवा सङ्घ नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला र विशेष प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो– “मुलुकको समृद्धिका लागि वाम गठबन्धन र एकता अपरिहार्य आवश्यकता रहेको हुँदा यसलाई सबैले इमान्दार भएर सफल बनाउन सक्नुपर्दछ ।”

अध्यक्ष ओलीले वाम गठबन्धनका विरुद्ध अर्को शक्ति एक भए पनि केही गर्न नसक्ने बताउँदै “वामतालमेलबाट प्रतिक्रियावादी आत्तिएका छन्, उनीहरु एक भए पनि वामपन्थी एकतामा कुनै असर पर्दैैन,” भन्नुभयो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो– “ सो निर्वाचनपछि संघ र प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्छ ।”

अध्यक्ष ओलीले एमालेले मुलुकमा शान्ति र समृद्धि चाहेको छ भन्दै सही विचार, नीति, संगठन र देशप्रेमी भावना भएकाले एमालेले जनताको विश्वास जित्न सकेको बताउनुभयो ।

सो अवसरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आवश्यकता र पार्टी हितका लागि माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको बताउँदै निर्वाचन नगर्ने षड्यन्त्रमा नेपाली काँग्रेसले नयाँ गठबन्धन बनाइरहेको आरोप लगाउनुभयो ।

“काँग्रेसको गतिविधिले संविधान कार्यान्वयनप्रति गम्भीर देखिएको छैन, उहाँले भन्नुभयो, “निर्वाचनलाई कसरी सफल बनाउनुभन्दा पनि निर्वाचन सार्नकै लागि माओवादीका मन्त्री हटाउन दबाब दिइरहेको छ, यो हामीलाई सह्य छैन ।”

नेता नेपालले प्रधानमन्त्री शेरवहादुर देउवाले निर्वाचन आचारसिंहता विपरित मन्त्रिमण्डल विस्तार गरेर लोकतन्त्रको खिल्ली उडाएको बताउँदै आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई जिताउन सबैमा आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ