कार्यकारी निर्देशक खड्कालाई काममा लगाउन सहमति प्रदान

कार्यकारी निर्देशक खड्कालाई काममा लगाउन सहमति प्रदान

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

 

काठमाडौँ, ३१ असोज  ।

निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ ।

आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसंग सहमति माग गरेको थियो ।

सरकारले कार्यकारी पदमुक्त गरेकोमा सर्वाेच्च अदालतले निर्देशक खड्कालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो । सर्वाेच्चको आदेशपछि काममा फर्कनुभएका खड्कालाई मन्त्रालयमा काममा लगाउन आपूर्ति मन्त्रालयले आयोगको सहमति माग गरेको हो ।

मन्त्रालयको मागअनुसार आयोगको आचारसंहितासँग सम्बन्धित आजको बैठकले मन्त्रालयलाई उक्त कार्यकालागि सहमति प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई तोकिएको कार्य शर्तअनुसार कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालयमा झिकाउन लागेको आयोगलाई जानकारी गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ