एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ,३१ असोज ।
आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनितिका साथै पार्टीको घोषणापत्र निर्माणबारे छलफल गर्न नेकपा एमाले स्थानयी कमिटीको बैठक आज बस्दैछ ।

राजधानीको गोकर्णस्थित एक रिसोर्टमा अपरान्न ३ बजेपछि सुरु हुने बैठकले आसन्न निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष तर्फका उमेदवार टुङ्गो लगाउने जनाइएको छ ।

यस्तै आगामी मंसिर १० र २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन र विभिन्न दलहरुसँग गर्ने भनिएको तालमेलका विषयमा पनि बैठकमा छलफल हुने पार्टी सचिव योगेश भट्टाराईले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकबाटै चुनावी रणनिति समेत तय गर्नुपर्ने भएकाले बैठक केही दिन चल्ने एमालेले जनाएको छ । निर्वाचन आयोगमा समानुपातिक तर्फको प्रारम्भिक नामवली बुझाएको सो पार्टीले आजको बैठकबाट समानुातिक र प्रत्यक्ष तर्फको अन्तिम सुची तयार पार्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ