जनता उच्च मावि भवन : अनियमितताको आशंकाजनता

जनता उच्च मावि भवन : अनियमितताको आशंकाजनता

  • सोमवार, अशोज ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

इटहरी, ३० असोज ।इटहरी उपमहानगरपालिकामा रहेको सबैभन्दा पुरानो जनता उच्च माध्यमिक विद्यालयका दुई वर्षदेखि निर्माणाधीन आठकोठे दुईतले भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको गुनासो बाहिर आएका छन् ।
उच्च माविका कक्षा सञ्चालन भइरहेको स्थानमा २०७२ सालमा आएको विनाशकारी भूकम्पले भवन काम नै नलाग्ने अवस्थामा पु¥याइदिएपछि शिक्षा मन्त्रालयबाट भवन निर्माणका लागि आएको रु ६० लाख लागतमा विद्यालयले आफैँ भवन बनाउने कामदार रोजेर भवन बनाइरहेको पाइएको छ ।
नेपाल सरकारको प्रचलित नियमको समेत ख्याल नगरी विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारले आफ्नो मनखुशी व्यक्तिलाई काममा लगाएर निर्माण सामग्रीसमेत गुणस्तरहीन प्रयोग गरिरहेको स्थानीयवासीमा व्यापक गुनासो बढिरहेको पाइएको छ ।
विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारले कम्तीमा पनि नेपाल सरकारको प्रचलित आर्थिक नियमावलीको समेत प्रवाह नगरी त्यति धेरै लगानीको भवन निर्माणमा ठेक्का आह्वान गरेर भवन निर्माण गर्नु पर्नेमा आफ्नो मनखुशी इटहरी बाहिरको निर्माणकर्ता व्यक्तिलाई भवन निर्माण गराउने कार्य गर्दै आएको स्थानीयवासीको गुनासो रहेको पाइएको छ ।
विद्यालय भवन निर्माण गर्दा भुइँतलाको जमिनमुनि सप्तरीमा निर्माण भएको इँटा प्रयोग गरिएको र जमिनमाथिको भागमा समेत गुणस्तरहीन रड इँटा प्रयोग भइरहेको पाइएकाले विद्यालय भवन निर्माणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बुढाथोकी र प्रधानाध्यापक छत्रपति ढुंगेलबीचको अपसी मिलेमतोमा कमजोर भवन बनाउने खेल भइरहेको शिक्षक वृत्तमा पनि चर्चाको विषय बनिरहेको पाइएको छ ।
चारकोठे दुईतले अर्थात् तल र माथि गरी आठ कोठा भएको भवन निर्माणका लागि रु ६० लाख खर्च भइसकेको र अझै २० भन्दा बढी खर्च लाग्ने अवस्था रहेको विद्यालयको भनाइ रहेको छ । निर्माणकर्ता महेन्द्र सरदारले समयमा नै पैसा नदिएको र अझै काम गरेको पैसा नपाएको गुनासो गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक छत्रपति ढुंगेलले अझै विद्यालय भवन निर्माण सम्पन्न गर्न थप रु २० लाखभन्दा बढी खर्च लाग्ने जानकारी दिँदै भवन निर्माणका क्रममा प्रयोग भएका सामग्री गुणस्तरहीन नभएको बताउनुभयो । तर भवन बनाउने कार्यमा संलग्न ठेकेदार सरदारले भने आफूलाई जस्तो निर्माण सामग्री ल्याएर दिनुभयो । त्यस्तै प्रयोग गरिदिएको भनाइले पनि भवन निर्माणमा कमीकमजोरी भएको भन्न सकिने अवस्था सिर्जना गरिदिएको छ ।
विद्यालय भवन निर्माण कार्य ठेक्कामा नदिएको विषयमा व्यवस्थापन समिति अध्यक्ष गणेश बुढाथोकीसँग कुराकानी गर्दा विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवार आफँैले भवन बनाउँदा कम लागतमा बलियो भवन बन्न सक्ने ठानेर कामदार प्रयोग गरेर भवन बनाइरहेको जवाफ दिनुभएको छ ।
उता विद्यालय परिसरमा नै घर भएका स्थानीय युवा विजय केसी भने भवन निर्माण गलत भएको तथा त्यहाँ भएको आर्थिक अनियमितता विषयमा चर्चा बाहिर आइरहेकाले विद्यालय भवन बनाउँदा लागेको खर्च पारदर्शी हुनु पर्ने कुरामा जोड दिनुहुन्छ ।
तर त्यही विषयमा प्रधानाध्यापक ढुंगेल भने रु ६० लाखसहित विद्यालयको आन्तरिक स्रोतसमेत परिचालन भएको र अझै रु २० लाख थप खर्च लाग्ने बताइरहनुभएकाले भवन निर्माणमा राम्रै आर्थिक चलखेल भइरहेको आशंका र चर्चामा थप बल मिलिरहेको स्थानीयवासीको भनाइ रहेको पाइएको छ ।
भवन निर्माण कार्यस्थलमा नै फेला पर्नुभएको अन्य शिक्षकले भने विद्यालय भवन निर्माण कार्यमा भएको गुणस्तरहीनता र बोलपत्र आह्वान नगरी विद्यालय आफैँले कामदार प्रयोग गरेर लामो समयसम्म भवन बनाई नसक्नुमा कसको कमजोरी छभन्दा उहाँहरूले बोल्न चाहनुभएन ।
यदि आर्थिक अनियमितता भएकै हो र भवन निर्माण कार्य ठेक्का नलगाई आफैँले बनाउँदा त्यति धेरै लागत बढ्नुको कारण के छ भनेर सम्बन्धित निकायले समयमा चासो नराख्नुले पनि विद्यालय भवन निर्माण कार्यमा धेरैतिर आशंका गर्न सकिने छिद्रहरू रहेको स्थानीयवासीको व्यापक गुनासो रहेको पाइएको छ ।– याम प्रधान

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी